घुस्याहा इन्जिनियरहरुको संख्या बढ्दै, २० लाख घुस लिँदालिँदै पक्राउ परे यि इञ्जिनियर

काठमाडौं मंसिर २५ सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठ घुस लिँदा लिँदै पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार साँझ सिनियर डिभिजनल इन्जिनियरद्वय महर्जन र श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १०र१० लाख घुस बरामद गरिएको अख्तियारले जनाएको छ । रंगे हात पक्राउ परेका सिनियर डिभिजनल इन्जिनियरद्वय महर्जन र श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Loading...
प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार ०१:२७