झुप्री भण्डारीको बुवा पहिलोपटक मिडियामा ! बि*ष खाएर सुते मर्न सकिन, मलाई का*लले पनि माया गरेन

मंगलसैन नगरपालिका–६ तारेखाकी ३० वर्षीया झुप्री भण्डारी जन्मेदेखि नै दृष्टिविहीन हुन् । ६ जना भाइबहिनीमध्ये माइली झुप्री आँखा नदेखे पनि घरायसी कामकाज भने सबै गर्छिन्। पानी ल्याउने, खाना पकाउने, घरमा सरसफाइ गर्नेदेखि लिएर घाँसदाउरा गर्ने उनको दैनिकी हो। सबै काम गर्दा उनको साथी भने गीत नै हो ।

उनी जतिबेला पनि गीत गाइराख्छिन्। ‘जब आफुलाई बिरक्त लाग्छ नि तब देउडा गीत गाउँछु, बिरह पोख्छु,’ उनले काठमाडौं आउन अघि काठमाडौंप्रेससँग भनेकी थिइन्। प्रायः उनी ‘आमाले म जन्मिदै किन मारिनन्रु’ भनेर गीत गाउने गरेकी छन्। त्यसको पनि कारण छ, उनी भन्छिन, ‘आँखा नदेखे पनि कान त छन् नी, सुन्छु। सबैले भनेको राम्रा–नराम्रा सुन्छु। अन्धी भनेको, कुरा काटेको, होच्याएको मन पर्दैन, त्यतिबेला बाँच्नै मन लाग्दैन।’

झुप्रीको घरबाट २० मिनेट हिडेपछि पुगिन्छ, सामुदायिक रेडियो रामारोशन। एफएमबाट प्रसारण हुने ‘लेकऔलका भाका’ कार्यक्रममा गीत गाउन उनी दैनिक रेडियोमा पुग्थिन्। उनी आफ्नो पीडा सधै देउडामार्फत पोख्थिन्। रेडियो गीत गाउन गएको पनि गाउँलेहरुलाई पच्दैन्थ्यो।

‘किन यति दुःख गरीगरी रेडियोमा गीत गाउन गएकीरु गीत गाएर के पाउछेस् भन्थे,’ उनले सम्झिन्। जसले जे भनेपनि उनले गीत गाउन छोडिनन्। ‘मेरो साथी भनेकै गीत त हो,’ उनी भन्छिन्।

यसैबिच ‘भ्वाई अफ नेपाल’ बाट बाहिरिएपछि झुप्री पुन: आफ्नो दु:ख पोख्दै मिडियामा आएकी छिन् । बुवासँग आएकी उनले कसैले वास्ता नगरेको भन्ने गुनासो पोक्दै अब म’र्नु सिवाय अर्को विकल्प नरहेको बताएकी छिन् । मिडियासामु कुरा गर्दै गर्दा उनले आँसु थाम्न सकिनन् । हेरौँ उनले पोखेका दु:ख र संघर्षको कथा उनकै मुखबाट भिडियोमा :

Loading...
प्रकाशित मिति २५ मंसिर २०७६, बुधबार १६:५७