भारतीयलाई पछारेर गोल्ड मेडल जित्ने साहसी चेली संजिला तिमल्सिना ! फाइनलमा यसरी पछारिन भारतीयलाई (भिडियो)

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालले ३७ स्वर्ण जितिसकेको छ। नेपालले सागको एकै संस्करणमा नेपालले बढी स्वर्ण जितेको यो पहिलो पटक हो। यसअघि २० वर्षअघि नेपालमै आयोजना भएको १९९९ को आठौं सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो। जारी सागमा नेपालका महिला खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

नेपालले जितेका ३७ स्वर्ण मध्ये महिला खेलाडीले २१ स्वर्ण जितिसकेका छन्। एक स्वर्ण भने संयुक्त नाममा छ। करातेबाट जितेका १० स्वर्ण मध्ये महिला खेलाडीले ५ स्वर्ण हात पारेका छन्। यस्तै तेक्वान्दोको १२ स्वर्ण मध्ये ७ स्वर्ण महिला खेलाडीले जितेका छन्। उसुमा पनि नेपाललाई महिला खेलाडीले बढी स्वर्ण दिलाए। ५ मध्ये ३ स्वर्ण महिला खेलाडीको नाममा छ।

यस्तै साइक्लिङबाट पनि नेपालले जितेको ४ मध्ये २ स्वर्ण महिला खेलाडीको नाममा छ। यस्तै महिला खेलाडीले ट्रायथलन, एथ्लेटिक्स, पौडी र भारोत्तोलनबाट १–१ स्वर्ण जितेका छन्। पौडी र भारोत्तोलनमा महिला खेलाडीले मात्र स्वर्ण जितेका छन्। तेक्वान्दोबाट भारतीयलाई पछारेर स्वर्ण जितेकी संजिला तिमल्सिनासँग गरिएको कुराकानी भिडियोमा :

Loading...
प्रकाशित मिति २७ मंसिर २०७६, शुक्रबार १६:२१