लसुन प्याजको माला बेहुला-बेहुलीले लगाए उपहारमा पनि प्याज

भारतको वाराणसीमा भएको एक विवाह समारोहमा बेहुला-बेहुलीले एकअर्कालाई लसुन-प्याजको माला लगाइदिएका छन् । यतिमात्र नभई विवाह समारोहमा उपस्थितहरुले पनि नवविवाहितलाई प्याज उपहार दिएका छन् । समाजवादी पार्टीका नेता कमल पटेलले प्याजको मूल्य अत्यधिक वृद्धि भएकोले विरोधस्वरुप यसो गरिएको बताए । उनले भने, “अहिले प्याज मूल्य सुनको मूल्यजस्तै आकासिएको छ ।

एकअर्का समाजवादी नेताले पनि प्रतिकात्मक विरोधस्वरुप बेहुला-बेहुलीले एकअर्कालाई लसुन-प्याजको माला लगाइ दिएको बताए । अहिले भारतमा पनि प्याजको मूल्य अत्यधिक बढेको छ । यसको देशभर चौतर्फी विरोध भइरहेको छ । पैसा छोडेर प्याज चोर्नेको कथा

नेपाल, भारत र बंगलादेशमा प्याजको मुल्य बढेसँगै भारतमा प्याजको कोटा निर्धारण गरेको छ । यो सँगै अहिले सुन छोडेर प्याज चोर्न सक्रिय भएका छन् ।घटना भारतीय राज्य पश्चिम बंगालको पूर्वमिदनापुरको हो । जहाँ एउटा चोरले तरकारी पसल तोडेर प्याज र लसुन चोरेर लगेका छन् । पसलका सञ्चालक अजय दासले सोमबार राति ।

आफ्नो पसलबाट करिब ५० हजार रुपैयाँ बराबरको प्याज र लसुन चोरी भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका छन् । चोरले पसल नै तोडफोड गरे पनि नगद र अन्य मूल्यबान सामग्री भने चोरी नगरेको दासले बताएका छन् । भारतमा प्याजको मूल्य बढ्दै गएपछि सरकारले प्याजमा कोटा निर्धारण गरेको छ । जसका कारण अहिले पसलबाट प्याज चोरी हुने घटना बढिरहेका छन् ।

Loading...
प्रकाशित मिति २८ मंसिर २०७६, शनिबार १३:२५