दर्दनाक दृश्य पशुपति आर्यघाटमा : जव कलाकार केशव भट्टराईलाइ श्रीमतीले अन्तिम पटक ढोग गर्न पुगिन जुन दृश्य निकै गार्हो थियो (भिडियो)

काठमाडौँ । स्वर्गीय कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार क्षत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईको आइतबार राति निधन भएको थियो । अन्तिम संस्कार भने आजै पशुपति आर्यघाटमा एकै समयमा भएको हो ।

कलाकारद्वयलाई श्रद्धाञ्जली दिन सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए । सो क्रममा उनले स्वर्गीय भट्टराई र क्षतिको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । नेपाली चलचित्र क्षेत्रका दुई हस्तिको निधनले चलचित्रकर्मीको मात्रै होइन धेरै नेपालीको मन रोयो ।

शनिबार कलाकार दीपक क्षेत्रीको निधनको खबरले दुःखी बनेकाहरुलाई आइतबार राति कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन खबरले मर्माहत बनायो । सोमबार चलचित्रकर्मीसहित विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु यी दुई कलाकारको अन्तिम विदाइमा सहभागी भए ।यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट दुबै कलाकारको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो ।

जहाँ कलाकार, विभिन्न दलका नेता तथा शुभेच्छुक अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका थिए । पशुपति आर्यघाटमा अन्तिम श्रदान्जली दिदै गर्दा भट्टराईकी श्रीमतीले खुट्टामा ढोगेर अन्तिम बिदाइ गरेको दृश्यले झनै सबैको भक्कानो छोडेको थियो जुन दृश्य तलको भिडियोमा हेर्न सक्नु हुन्छ

Loading...
प्रकाशित मिति ३० मंसिर २०७६, सोमबार १६:१६