एक महिलाले दुध चुसाऊदै भनिन् बच्चीको आफन्त नआउदा सम्म म दुध चुसाउँछु

खाडिचौर १२ यात्रुको घटनास्थलमा नै मृ त्यु भएपछि प्रहरी र स्थानीयले घा इतेहरुको उ द्धार गरेर दु र्घटनास्थल भन्दा ६ किलोमिटर तल रहेको सिन्धु सदावहार अस्पताल खाडिचौर ल्याए । सबैभन्दा सुरुमा ६/ ७ महिनाकी बालिकालाई उपचारको लागि अस्पतालमा ल्याइएको थियो । अस्पतालका डाक्टरहरुले उनको उपचार सुरु गरे ।

बालिकाको अवस्था सामान्य थियो । बालिकाले दुघ खान खोजेपछि अस्पतालका कर्मचारीहरुले बोतलको दुध ल्याएर खुवाउन खोजे तर बालिकाले खान नमानेको सिन्धु सदावहार नर्सीङ कलेजकी प्रिन्सीपल सपना शाहा ले जानकारी दिइन् ।

अस्पतालमा घा इतेहरुको अवस्था बुझ्न आउँनेहरुको भिड थियो,त्यही भि डमा रहेकी एक जना महिलाले ति बालिकालाई आफ्नो दुध चु साइन् र भनिन्–‘बच्चीको आफन्त नआउदा सम्म म दुध चु साउँछु ।’ ति महिला थिइन सुनकोशी गाउँपालिका–७ माझी गाउँकी सुनिता माझी । माझीको पनि भर्खरैको बच्चा भएकाले आफ्नो बच्चा सम्झेर नै दुध चु साएको बताइन् ।

अस्पतालमा घा इतेहरुको आफन्त आउने क्रम थियो, तर दिउँसो अबेरसम्म पनि ति बालिकाको कोही आफन्त नआउँदा अस्पताललाई समस्या भएको थियो । पछि पत्ता लाग्यो ती बालिका बस चालक सुमन तामङको छोरी रहेछिन् । कालिञ्चोक दर्शन गर्न बस रिजर्भ पाएपछि चालक तामाङले श्रीमती र छोरीलाई पनि सँगै लिएर गएका थिए । बस दुर्घटनामा चालक तामाङको श्रीमतीको मृत्यु भएको छ भने चालक तामाङ फरार छन् ।

प्रहरीले उद्धार गरेर ल्याएको ति बालिकाको आफन्त नआउँदासम्म अस्पतालमा नै ती बालिकालाई राखिने सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । राजधानी

Loading...
प्रकाशित मिति १ पुष २०७६, मंगलवार ०२:२७