नेपाल आइडलका जज कालीप्रसाद बास्कोटाको आज जन्मदिन, बिहानै देखि शुभकामना दिनेको ओइरो

काठममडौँ- संगीतकार कालीप्रसाद बास्कोटाको आज जन्मदिन परेको छ । १९७९ डिसेम्बर १६ तारिखका उनको जन्म भएको हो । यसै आधारलाई मानेर उनी आज आफ्नो ४०औं जन्मदिन साथि भाई आफन्त संग मनाउदै छन् । संगीतकार कालीप्रसाद बास्कोटा सफल रचनाकार साथै गायनमा पनि उतिकै अब्बल रहेका छन् ।

उनले पुरानो डुङ्गाको जहिले रिसाउने, लुट टुको ठमेल बजार जस्ता गीत गायका छन् । काठमाडौं स्थायी बसोबास भएका संगीतकार कालीप्रसादको संगीत दिनु काम हो भने गायनमा जमेका छन् । पछिल्लो समय नेपाल आइडल’ को जज बनेका उनले संगीतसम्बन्धी धेरै अवार्ड हासिल गरिसकेका छन् । केहि समय पहिला उनलाई ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप समेत लागेको थियो ।

Loading...
प्रकाशित मिति १ पुष २०७६, मंगलवार ०७:२१