अब आठ महिनामा पाईने भयो स्मार्ट लाईसेन्स

काठमाडौं, पुस ४ । यातायात व्यवस्था विभागले केही महिना भित्रै स्मार्ट लाईसेन्स उपलब्ध गराउने दाबी गर्दै आएको छ । तर दुई वर्षदेखी स्मार्ट लाईसेन्सको पखाईमा ट्राफिकलाई बिल देखाउनेहरुको संख्या पनि कम छैन । विभागका अनुसार अहिले ८ लाख स्मार्ट लाईसेन्सको माग छ तर दैनिक जम्मा चार वटा प्रिन्टरबाट करिब नौं हजार मात्रै लाईसेन्स छापिएका छन् ।

आठ महिनामा सबैलाई लाईसेन्स पुर्‍याउने दाबी समेत विभागले गर्दै आएको छ । विभागले गत वर्ष ४५ दिनमै सबै लाईसेन्स उपलब्ध गराउने भन्दै मालिका ईन्कर्पाेरेटलाई लाईसेन्स छपाईको जिम्मा दिएको थियो । त्यसको लागि पाँचवटा मेसिन पनि उपलब्ध गराएकोमा छपाईमा त्रुटी भेटिएपछि सो प्रिन्ट गर्न रोकिएको थियो ।

त्यसपछि विभागले चारवटा प्रिन्टर थप गरि आफैले प्रिन्ट सुरु गरेको थियो । तर अहिले विभागसँग भएका ति नौं प्रिन्टर मध्ये छ वटा बिग्रेर थन्किएका छन् भने तीन वटा मात्रै सञ्चालनमा छन् । त्यसपश्चात पनि माग धान्न नसकेको भन्दै गत असोजमा मास प्रिन्टर ल्याईयो तर सो प्रिन्टरको लागि दक्ष जनशक्तिको अभावका कारण अझै पनि पूर्ण क्षमतामा चलाउन सकिएको छैन ।

मेसिन ल्याएको डेढ महिना पछि बल्ल चल्न सुरु गरेको छ । तिनै सिफ्टमा चलाउने र घण्टाको ४ सय ५० वटा लाईसेन्स छाप्ने दाबी गरिएको मास प्रिन्टर अझै पनि दक्ष प्राविधिकको अभावको कारण पूर्ण क्षमतामा चल्न सकेको छैन । केही प्राविधिकले दैनिक २० घण्टासम्म मेसिन चलाई छपाईको काम भईरहेको र अब आठ महिना भित्रै सबै लाईसेन्स छापिने विभागका निर्देशक तिर्थराज खनाल बताए ।

Loading...
प्रकाशित मिति ४ पुष २०७६, शुक्रबार १५:५९