नागरिकता सम्बन्धी कानून परिवर्तन को वि’रोधमा भएको हिं’सा प्रदर्शनमा भारतमा १५ जनाको नि’धन

भारत–संशोधनसहितको नागरिकता सम्वन्धी नयाँ कानूनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । आज सो कानूनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त रुपमा केन्द्रिय रेलवे स्टेशनमा बृहत प्रदर्शन गरेको छ । ती सवै संगठनहरु नयाँ कानूनको विपक्षमा रहेका छन् । उनीहरुले सो कानूनका विरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन गर्दै नारावाजी गरेका थिए ।

विरोध प्रदर्शन आयोजना गरिएका ठाउँहरुमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । कपिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच झडप भएको छ । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा चारको मृ’त्यु भएसँगै नागरिकता कानून संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । आईजी(ल एण्ड अडर) प्रवीण कुमारका अनुसार १० डिसेम्बरदेखि जारी विरोध प्रदर्शनमा १५ जनाको मृ’त्यु भएको छ । ७०५ जनालाई गिर’फ्तार गरिएको छ भने ४ हजार ५ सयलाई नियन्त्रणमा लिएर छोडिएको छ ।

उनका अनुसार २६३ जना प्रहरी यस क्रममा घाइते भएका छन् । प्रदर्शनका कारण राजधानी नयाँ दिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका शहरी क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको स्थानीय टोलिभिजनहरूले उल्लेख गरेका छन् । प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड निय’न्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ ।

केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झ’डप भएका बताइएको छ । सरकारले हालै ल्याएको नयाँ कानूनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो । नयाँ व्यवस्थाले पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् ।

Loading...
प्रकाशित मिति ५ पुष २०७६, शनिबार १३:३२