माधुरी दीक्षितजस्तै यि चर्चित नायिकाहरुले पनि विदेशीसँग कसेका थिए लगनगाँठो, कसले को सँग

काठमाडौं । बलिउड चर्चित नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि अहिले यो नयाँ जोडीले मज्जसँग आफ्नो वैबाहिक जीवन बिताइरेहेको छ । तर, विदेशीसँग विवाह गर्ने प्रियंका पहिलो अभिनेत्री भने होइन । बलिउडका केही अभिनेत्रीले विदेशीसँग लगनगाँठो कसेका छन् । यस सूचीको पहिलो नम्बरमा आउँछिन्, बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित ।

माधुरीको फिल्मीयात्रा सुपरहिट रह्यो । एक समय थियो, माधुरी र सञ्जय दत्त प्रेममा थिए, उनीहरू बिहे गर्नेवाला थिए । तर, सञ्जयको नाम मुम्बई बम हमलामा मुछियो र माधुरीको सञ्जयसँग दूरी बढ्यो । त्यही वर्ष १९९९ मा माधुरीले डा श्रीराम माधव नेनेसँग बिहे गरिन् ।

बलिउडकी ‘डिम्पल गर्ल’ प्रिटी जिन्टाको सौन्दर्यका सामु जो–कोही घायल हुन्छन् । प्रिटीले आफ्नो फिल्मी करियरमा ‘कल हो ना हो’, ‘वीर जरा’, ‘दिल चाहता है’जस्ता सुपरहिट फिल्म दिइन् । त्यसपछि उनले अमेरिकी व्यापारी जिन गुडइनफसँग सन् २०१६ मा विवाह गरिन् । यी दुईजना लामो समयदेखि प्रेमसम्बन्धमा थिए ।

वेब सिरिज तथा बलिउड फिल्ममा दमदार अभिनयका कारण फरक परिचय बनाएकी अभिनेत्री राधिका आप्टेले पनि जीवनसाथीका रूपमा विदेशी व्यक्ति रोजिन् । राधिका हाल फिल्म ‘प्याडम्यान’मा बलिउडका ‘खेलाडी कुमार’ अक्षयकुमारसँग देखिएकी थिइन् । उनले सन् २०१२ मा बेलायती संगीतकारसँग बिहे गरेर घरजम गरेकी हुन् ।

Loading...
प्रकाशित मिति ८ पुष २०७६, मंगलवार ११:२०