शृंखलाको सबैलाई चकित पार्ने शान्त बानी जती सुन्दर छिन् उती नै तेज छ उनको दिमाग पनि

काठमाडौँ – मिस वल्र्ड २०१८ मा भाग लिँदा शृंखला खतिवडा सारा नेपालीको मन मष्तिष्कमा बस्न सफल बनिन् । राजनीतिक पृष्ठभूमिका सांसद बाबु बिरोध खतिवडा र राजनीतिक पृष्ठ भूमिकै आमा भएता पनि श्रृखलाले आँफुलाई कहिल्यै एमाले मानिनन्, नत अहिले नेकपा नै ठान्छिन् ।

आँफुलाई नेपाल आमाकी सच्चा छोरी ठान्ने श्रृखला साँच्चिकै अन्य नेपाली नारी भन्दा पृथक छिन् । त्यसैले सबैले उनलाई ब्युटी विथ ब्रेन भएकी सुन्दरीको उपमा निर्धक्क दिन पछि पर्दैनन् । गत वर्ष उनी विश्व सुन्दरी प्रतियोगीतामा भिडिरहँदा उनको यति चर्चा भयोकी एकपट्टी एनी र अर्को पट्टी अहिलेसम्मका सारा मिस नेपाल जो विश्व सुन्दरी प्रतियोगीतामा भाग लिन गए ।

एउटा काँटाको दुई भागमा यि सुन्दरीहरुलाई राख्दा पनि श्रृखलाको चर्चाले केही भाग झुकाउने देखिनुको कारण हो उनको सुन्दरता जस्तै शान्त स्वभाव र सन्तुलित ब्यबहार । उनी जति सुन्दरी छिन्, त्यतिकै मात्रामा बौद्धिक क्षेत्रमा पनि तेज छिन् । उनै ब्युटी विथ ब्रेन शृंखलालाई तस्विरमा हेर्नुहोस्

 

Loading...
प्रकाशित मिति ८ पुष २०७६, मंगलवार १५:५३