हराएकी छोरी ४ बर्ष पछि घर फर्कदा बुवा-आमाले चिन्न सकेनन् (भिडियो)

एघार वर्षको उमेरमा हराएकी छोरी चार वर्ष पछि अचानक घर आइपुग्दा आमाबुवालाई कस्तो भयो होला ? भर्खर उमेर बढ्दै गरेकी छोरी अचानक हराउँदा आमाबुवा निकै दुखी भएका थिए । चारवर्ष भइसक्दा विस्तारै उनीहरुले पीडा भुल्ने कोशिष गर्दै थिए । दागं वंगलाचुली ४ फाँटा की शर्मिला हराएको ४ वर्ष पछि घर फर्केकी हुन् ।

पुष महिना जस्तो जाडो महिनामा हराएकी छोरी फेरी फर्केर आउली भन्ने हिरालाल घतीलाई लागेको थिएन । शर्मिला चारवर्ष पछि अचानक घर आउँदा आमाबुवाको आँखा रसाएको देखिन् । उनलाई पनि आफु घर छोडेर किन हिँडे भन्ने उनले बिर्सिकिन् । दागं घर भएकी शर्मीला ११ वर्षको उमेरमा अर्काको घरमा काम गर्थिन । अर्काको घरमा काम गर्दागर्दै त्यहीँवाट काठमाडौं पुगेकी थिइन् । जसको घरमा काम गर्थिन उनैले शर्मिलालाई काठमाडौं पुर्याएका थिए ।

काठमाडौं पुगिसकेपछि शर्मिलालाई आफ्नो घरको ठेगाना पनि थाहा थिएन । नत बाटो नै जानेकी थिइन् । त्यसैले चार वर्ष काठमाडौंमै बिताइन् । काठमाडौंमा पनि उनी अर्काको घरमा काम गरेर बसिन् । उनले भनिन् काठमाडौंमा पनि सुरुमा त राम्रै थियो । मैले काम गर्ने घरकाहरुले होटल सुरु गरेपछि मलाई त्यहाँ बस्न मन लागेन । उनले सुरुमा कुसुममै काम गरिन् । अनिता केसीको घरमा काम गर्थिन । केसीले यातना दिन थालेपछि त्यो घरवाट एउटा चौधरी महिलाले अर्को घरमा लगाइदिइन् ।

जसको घरमा गइन् उनले सुरुमा आफ्नो घरमा जानेभए जाउ भनेर पठाएको भएपनि आफुले घरको ठेगाना पत्ता लगाउन नसकेपछि फेरी त्यही घरमा फर्केर गएको बताइन् । कुशुमवाट वर्षा केसी भन्ने महिलाले उनलाई काठमाडौं पुर्याएको बताइन् । वर्षा आफ्नो माइती आएको बेलामा शर्मिलासंग भेट भएको थियो । काठमाडौंमा सुरुमा त रामै्र थियो तर पछि महिलाले होटर सुरु गरेपछि त्यहाँ नबसेको बताइन् ।

केही वर्षपछि बिस्तारै आफुलाई घरको याद आएको उनले बताइन् । उनले आफुलाई याद आएपछि बुवाआमा सम्झेर काठमाडौंवाट दागं आएको बताइन् । फाँटा भन्ने कहाँ पर्छ भन्दै सोध्दै घर पुगेको उनले बताइन् ।

Loading...
प्रकाशित मिति ९ पुष २०७६, बुधबार १४:२८