सहयोगको अपिल गर्दै क्यान्सरले ग्रसित यी ५ वर्षीया बालीका झरना बोगटी

कञ्चनपुरकी पाँच वर्षीया बालिकालाई ब्लड क्यान्सर भएको छ। जिल्लाको पुनर्वास नगरपालिका ८ सुकुम्बासी टोलमा घर भएकी ५ वर्षीया झरना बोगटी अहिले ब्लड क्यान्सरले ग्रसित बनेकी हुन् । उनलाई सिकिस्त बिरामी भएर उपचारका लागि धनगढी लगेपछि बिगत पाँच महिनादेखी ब्लड क्यान्सरको लक्षण देखा परेको डाक्टरले बताएको झरनाका बुवा बिरु बोगटीले जानकारी दिए ।

सानै उमेरमा छोरीलाई देखिएको भयानक रोगले उनका घरपरिवारमा निकै ठूलो विपत्ति आईलागेको छ । आँखा भरी आँशु निकाल्दै उनकी आमाले सबै आफन्तजन, ईष्टमित्र तथा सबै सहयोगी मनहरुलाई आर्थिक सहयोग गरेर छोरीको ज्यान बचाईदिन अपिल गरेका छन । ब्लड क्यान्सर पीडित पाँच वर्षीया बालिका झरनाको अहिले काठमाडौ स्थित बाल कान्ति हस्पिटलमा उपचार भइरहेको छ ।

तर रकम अभावमा उपचार गर्न कठिन भएको भन्दै बुवा बिक्रमले सहयोगका लागि आग्रह गरेका हुन्। झरनालाई चिकित्सकहरुले पाँच वर्षसम्म नियमित औषधि सेवन गराउनुपर्ने र त्यसका लागि झण्डै ६ लाख रुपैयाँ खर्च लाग्ने जानकारी गराएका छन् । बोगटीलाई उपचारका लागि सहयोग गर्ने व्यक्तिले ९८०४६०६०६१ नम्बरको मोवाईलमा सम्पर्क गरिदिन आग्रह गरेका छन ।

Loading...
प्रकाशित मिति ११ पुष २०७६, शुक्रबार १८:३७