चितवनमा करिब एक महिना अघि घटेको एउटा घटना अझै चर्चामा छ । रवि रुवाली र रञ्जना मैनालीका घटनाको चर्चा अझै सेलाएको छैन । चितवनको भण्डारा भन्ने स्थानमा अष्ट्रेलियाको मोहले निम्त्याएको एउटा घटनाको चर्चा देश विदेशमा फैलिएको छ । अष्ट्रेलियामा बुहारी पढाउन लाखौं रुपैया खर्चेका रुवि रुवालीको परिवारले ३० वर्षको लक्का जवान छोरा गुमाएका छन् । सो घटनामा अहिले रविका छिमेकीले केही कुरा खुलाएका छन् । उनीहरुले रञ्जनालाई मात्र होइन उनका परिवारलाई पनि अनुसन्धानको घेरामा ल्याउनुपर्ने बताएका छन् । उनीहरुले रञ्जनाका लागि केही शन्देस दिएका छन् ।
तीन वर्ष अघि रञ्जना मैनालीसंग विवाह गरेका रविले रञ्जनाले गरेको तिरस्कारका कारण देह त्याग गरेको रविका परिवारले दावी गरेका छन् । अहिले सम्म रवि र रञ्जनाका परिवारका सदस्यहरुले मिडियामा पक्ष विपक्षमा कुराकानी बाहिर आएको थियो । रविका छिमेकी पनि अहिले आफ्ना धारणा सार्वजनिक गर्दै मिडियामा आएका छन् ।
रन्जना मैनाली जो रवी रुवालिको श्रीमती थिईन उनलाई घर परिवारले पढाउन अष्ट्रेलिया पठाएका थिए। बुहारी अष्ट्रेलियामा पढ्न गएकी थिईन भने उनले अष्ट्रेलिया बस्दै गर्दा पटक पटक गरेर ५० लाख भन्दा धेरै मागी सकेको र अहिले आएर परिवारलाई नै धोका दिएको भन्दै परिवारले बताउंदै आएका छन।