उपचार गर्न गएका विक दम्पती कहिल्यै नफर्किने गरी अस्ताए

रौतहट । चन्द्रनिगाहपुरमा रहेको माउन्ट एभरेष्ट माविका शिक्षक २१ वर्षीय मनिष विक श्रीमती २० वर्षीया सिर्जनाको उपचारका लागि गत शुक्रबार काठमाडौं हिँडे। उनीहरु चढेको जिप मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेतरीमा दुर्घ’टना भयो। विक दम्पतीको दुर्घ’टना स्थलमै मृ’त्यु भयो। मनिषका बुबा मेकबहादुरका अनुसार सिर्जनाको पेट दुखेकाले उपचारका लागि उनीहरु काठमाडौं हिँडेका थिए ।

विवाह भएको एक वर्ष नपुग्दै ना १ ज ३४३३ नम्बरको जिप दुर्घटनामा विक दम्पतीको नि’धन भएको हो । बुहारीको उपचार गर्न हिँडेका छोरा–बुहारी नै गुमाएका मेकबहादुर असह्य पीडामा छन्। छोरा–बुहारीलाई मोटरसाइकलमा काठमाडौं जान सुझाव दिएका मेकबहादुर सम्झन्छन्। उनले भने, ‘यस्तो पीडा भगवानले कसैलाई नपारुन्।’ सर्लाहीको लालबन्दी माइती भएकी सिर्जनाको गत फागुनमा मनिषसँग विवाह भएको थियो ।

मेकबहादुरका दुई छोरामध्ये मनिष कान्छा हुन्। मनिष विद्यालयको जुझारु शिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष उमेश बाँस्कोटा बताउँछन्। मनिषको मृ’त्युले चन्द्रनिगाहपुर शोकमा छ। शिक्षक मनिषको नि’धनको शोकमा चन्द्रपुर नगरपालिकाका सम्पूर्ण निजी विद्यालय आइतबार बन्द गरिएको थियो। दम्पतीको एउटै चिता दुर्घ’टनामा ज्या’न गुमाएका विक दम्पतीको शनिबार बागमती नदीमा दाह’संस्कार गरिएको थियो ।

उनीहरुको एउटै चितामा दाह’संस्कार गरिएको थियो। सोही घटनामा परी अर्को एक दम्पतीको पनि नि’धन भएको छ। चन्द्रपुर नगरपालिका–९ मा आफन्तको घरमा पाहुना आएका सिराह निवासी नेत्रबहादुर विक र उनको श्रीमतीको नि’धन भएको हो। यसैगरी चन्द्रपुर–४ का केदारनाथ तिमलसिनाको पनि उपचारको क्रममा नि’धन भएको थियो। उक्त दुर्घ’टनामा पाँचजनाको मृ’त्यु भएको थियो।

Loading...
प्रकाशित मिति १५ पुष २०७६, मंगलवार ०३:२४