मालपोत कञ्चनपुरकी खरिदार डेढ लाख घु’स सहित प’क्राउ

कञ्चनपुर भूमीसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका खरिदार डेढ लाख घु’स सहित प’क्राउ परेकी छन्। खरिदार ललिता रोकायालाई सेवाग्राहिबाट एक लाख ५० हजार घु’स लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले प’क्राउ गरेको हो।

जग्गा पास गर्ने क्रममा डेढ लाख रकम घु’स लिदै गर्दा उनलाई प’क्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका प्रवक्ता टोपवहादुर विष्टले बताए।

प्रवक्ता विष्टका अनुसार खरिदार ललितालाई थप कारबाहीका लागि बुधबार आयोगको कार्यालयमा पठाइने छ। अख्तियारले सुदूरपश्चिम प्रदेशमा रंगेहात पक्राउ गरेकाे महिला कर्मचारीमध्ये ललिला दोस्रो कर्मचारी हुन्।

Loading...
प्रकाशित मिति १५ पुष २०७६, मंगलवार १४:४६