रवि लामिछाने र दिपकबीच कुटाकुट भएको हो ? यसो भन्छन् रवि

शनिवार सामाजिक सञ्जालमा दुई जना पत्रकार चर्चामा रहे । न्यूज २४ का पत्रकारद्वय रवि लामिछाने र उनका सहकर्मी दिपक बोहोराबीच कुटाकुट भएको समाचार बाहिरिएसँगै उनीहरु चर्चामा रहन गए । न्यूज २४ बाट प्रसारण हुँदै आएको कार्यक्रम जनतासँग सिधा कुराका प्रोड्युसर समेत रहेका बोहोरा र लामिछानेबीच झगडा परेको समाचार सार्वजनिक भएसँगै रविका फ्यान र अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच बहस भएको छ ।

कतिपयले लामिछानेले सञ्चालन गरिरहेको जनतासँग सिधा कुरा कार्यक्रम बन्द हुन लागेको त होइन भन्दै आशंका व्यक्त गरिरहेका थिए ।
कार्यक्रमको ४०० औं भाग प्रसारणको तयारी हुनै लाग्दा लामिछाने र बोहराबीच विवादको समाचार सार्वजनिक भएको हो । एक अनलाइनमा ‘रवि लामिछानेलाई उनकै प्रोड्युसरले छाडे, याक एन्ड एति होटलमा रवि र प्रोड्यसरबीच झडप’ शीर्षकको समाचार बाहिरिएसँगै यसबारे बहस शुरु भएको थियो । उक्त समाचार अन्य धेरै अनलाइनहरुले साभार गरेर पोस्ट गरेसँगै यो विषय भाइरल बन्न पुग्यो ।

आफ्ना सहकर्मीसँग झडप भएको समाचारहरु बाहिरिएसँगै पत्रकार लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेखेर त्यस विषयमा प्रष्टिकरण दिएका छन् । स्टाटसमा उनले उक्त समाचारलाई निराधार भएको बताएका छन् । आफू याक एन्ड यति होटल नगएको र एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सँगै काम गरिरहेका कार्यक्रम प्रोड्युसर बोहारासँग कुटपिट नभएको लामिछानेले स्टाटसमा प्रस्ट पारेका छन् ।

समाचारका विषयमा कुराकानी गर्न आफूले उक्त अनलाइनका प्रवन्ध निर्देशकलाई फोन गरेपनि उनले फोन नउठाएको रविले दुखेसो पोखेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्ना फ्यानहरुलाई उक्त अनलाईनका प्रवन्ध निर्देशक शिष्ट भाषामा सोध्न आग्रह समेत गरेका छन् । लामिछानेले आफूहरु कार्यक्रमको ४ सयौं भागको तयारीमा व्यस्त रहेको बेलामा केही व्यक्तिहरु केही न केही लेखेर आफूहरुको खेदो खन्न लागि परेको टिप्पणी गरेका छन् ।

कसैको जुठो खाएर यस्तो झुठो समाचार लेखेको आरोप लामिछानेले लगाएका छन् । उता सिधा कुरा जनातासँगका प्रोड्युसर दिपक बोहराले केही अनलाइनले रवि लामिछाने र आफ्नो झगडा भएको भनि गलत प्रचार गरेको बताएका छन् । आफूहरुबीच झगडा होस् भन्ने पक्षमा उनीहरु रहेको र उनीहरुको इच्छा कहिल्यै पूरा नहुने बोहोराको भनाइ छ । सिधा कुरा जनतासँग एउटा टेलिभिजन कार्यक्रम मात्र नभएर एक सोच भएकोले यो कहिल्यो बन्द नहुने उनको भनाइ छ ।

Loading...
प्रकाशित मिति २२ पुष २०७६, मंगलवार ०३:३९