थापाथलीस्थित नर्भिकमा भेन्टिलेटरमा १२ दिन, अचेत महिलाले जन्माइन् स्वास्थ शिशु

भगवती तिमल्सिना, काठमाडौं। निजगढकी कुशुम चौलागाईले आमा बन्ने क्रममा मृ त्युसँगै जुध्नुपर्यो। तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीया उहाँले मृ त्युमाथि विजय हासिल मात्र गर्नुभएन सकुशल आमा पनि बन्नुभयो। साढे चार महिनाअघिको कुरा हो, गर्भवती चौलागाईलाई अ’त्यधिक टाउको दु’खेका कारण अ’र्धचेत अवस्थामा महाराजगञ्जस्थित त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पताल पुर्याइयो, तर उहाँले दुई घण्टाभन्दा बढी समयसम्म कुनै उपचार पाउनुभएन।

उहाँका श्रीमान् युद्ध खड्काले श्रीमतीलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुर्याउनुभयो। त्रिवि शिक्षण अस्पतालमा वास्ता नै नगरेको बिरामीलाई नर्भिक पुर्याएको साढे दुई घण्टामा रोग पत्ता लगाई शल्यक्रिया गरेकै कारण आज आमा र बच्चा दुबैले नयाँ जीवन पाएका छन्। सरकारको प्रत्यक्ष लगानीमा सञ्चालित त्रिवि शिक्षण अस्पतालका कारण निजगढ, बारा घर भै काठमाडौंको कपुरधारामा पसल गर्दै आएकी कुशुम र गर्भमा हुर्कदै गरेको अवोध बच्चाको जीवन नै झण्डै स’माप्त भएको !

अहिले चौलागाईको काखमा ९ दिनको नवजात शिशु छ। ‘स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.असला वैद्य र उहाँको समूहले साढे चार महिनाको अथक प्रयास गरेर मेरी श्रीमती र शिशुलाई जीवनदान दिनुभयो’ प्रसूतिलाई नियालिरहेका श्रीमान्ले भन्नुभयो। चौलागाई पुराना कुरा सम्झदै भन्नुहुन्छ— ‘साढे चार महिना अघिको कुरा हो, आफ्नै पसलमा ग्राहकसँग गफ गदै थिएँ, एक्कासी टाउको घुमायो, के भयो के भयो मलाई उनै ग्राहकले शिक्षण अस्पताल पुर्याएछन्।

अस्पतालमा पुगेको साढे दुई घन्टासम्म पनि एमआरआई मेसिन बिग्रेको छ भन्दै आकस्मिक कक्षमा त्यतिकै राखिरहेपछि श्रीमान्ले आत्तिएर तत्काल नर्भिक लानुभएछ। मलाई गाडीमा धेरै गाह्रो भएको र नर्भिक पुगेको अलिअलि थाहा छ। नर्भिक पुग्नासाथै फटाफट उपचार शरू भैहाल्यो। नर्सहरू भित्र–बाहिर गर्ने, बोलाउने, सोध्ने गर्न थाले, मलाई पनि यहाँ चै केही होलाजस्तो छ, अब त बाँचिएलाकि भन्ने लाग्यो।’ शुरूमा उहाँलाई शल्यचिकित्सक डा.राजीव झाले उपचार गर्नुभयो।

बच्चा नर्मल जन्माउन भने उहाँले सक्नुभएन, शल्यक्रिया गरेर बच्चा निकालियो। आमा–बच्चा दुवैलाई राम्रो भएकोले मंगलबार डिस्चार्ज गरिएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।

Loading...
प्रकाशित मिति २३ पुष २०७६, बुधबार ०३:१७