कोहलपुर दु र्घ टनामा खुट्टा गुमाएकी प्रकृति ‘ठीक भएपछि घुम्न जान्छु’

काठमाडौँ — २०७६ मंसिर २२ गतेको त्यो भयानक ट्रक दु र्घ टना नभएको भए सायद आज कोहलपुरकी ११ वर्षीया प्रकृति चन्द नियमित विद्यालय गइरहेकी हुन्थिन् होला । आफ्ना साथीभाइसँग खेल्दै रमाइरहेकी हुन्थिन् होला । तर, त्यो घ ट नाले उनलाई आज अस्पतालको शैयामा पुर्‍याएको छ। त्यो एक दिनले जीवन नै कायापलट पारिदिएको छ। उनले दुवै खुट्टा गुमाउन पुगिन्।सधैँ हाँसीखुसी विद्यालय जाने प्रकृति कहिले अस्पतालबाहिर जान पाइएला भन्ने प्रतिक्षामा छिन्।

ललितपुरको बी एन्ड बी अस्पतालको पाँचौं तल्लाको रुम नं ५२७ को ३ नं बेडमा छिन् प्रकृति। दुई चुल्ठी बाँटेकी प्रकृति नीलो ब्ल्याङ्केट ओढेर बसिरहेकी थिइन्। आमा भगवती शाहीले कपालमिलाइदिँदै थिइन्। बेडको छेउमा पिसाब थैली झुण्डिएको देखिन्छ। आमा भगवतीका अनुसार पहिलेभन्दा प्रकृति तंग्रिएकी छिन्। भगवतीको अनुहार पनि पहिलाभन्दा उज्यालिएको देखिन्थ्यो। सायद त्यो दिनको सम्झना उनले बिस्तारै भुल्दै गइरहेकी छिन्।
दु र्घ टना भएको मंगलबार एक महिना पुगेको छ। उनलाई हिजोमात्रै आइसियुबाट साँझ जेनरल वार्डमा सारिएको हो।

प्रकृतिको घाउ निको हुने क्रममा छ। पहिलाभन्दा धेरै बिसेक पनि भएको छ। एउटा खुट्टाको घाउ त पुरिसक्यो अर्को घाउ पनि छिट्टै निको हुन्छ होला यति भन्दा भगवतीको अनुहारमा खुसीको भाव देख्न सकिन्थ्यो। आइसियुमा १ महिना रहँदा प्रकृतिलाई एक प्रकारको मानसिक आघात पुगेजस्तै भइसकेको थियो। घाउ नदुखे पनि दुखेजस्तो हुने अनि रुने कराउने गर्थिन् प्रकृति। आमा भगवती भन्छिन् घाउ निको भए पनि मानसिक रुपमा घाउ दुख्ने भन्ने भएको रहेछ, रुने गर्थी।

जेनरल वार्डमा सारिएपछि प्रकृति रमाउन थालेकी छिन्। खाना पनि मज्जाले खान थालेकी छिन्। ‘ज्ञानी भएकी छे, बिरामी बच्चा अलि पनि खुसी हुँदा आफूलाई पनि खुसी लाग्ने रहेछ भगवतीले हाँस्दै भनिन्। आइसियुमा एकै ठाउँमा रहँदा प्रकृतिलाई ‘मोनोटोनस’ भएकाे रहेछ। त्यसमाथि औषधिको डोज पनि बढी नै थियो। प्रकृतिलाई वार्डमा सारिएपछि रमाएको देखेर नर्स र डाक्टर पनि खुसी देखिएका छन्। माथिल्लो तल्लाबाट बाहिरी दृश्य देखिन्छ। मान्छेको चहलपहल पनि। खुल्ला महसुस गर्न पाएकी छिन् प्रकृतिले।

प्रकृतिलाई गेम खेल्न, नाच्न पढ्न मनपर्ने बताउँछिन्। उनलाई साइकल पनि चलाउन मनपर्छ साथै फोटो खिच्न। ‘आइसियुमा भएका बेला त मोबाइल पाएपछि सेल्फी खिचेर बस्थी आमा सुनाउँछिन्। स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिएको सम्झिन्छिन् उनी। ‘हामी एकचोटी हाजिरीजवाफ प्रतियोगितामा दोस्रो भएका थियौँ नी प्रकृतिले हौसिँदै सुनाइन्। प्रकृतिलाई स्कुल अनि आफ्ना मिल्ने साथीहरुको याद आइरहन्छ। दिप्चना र राधिका उनका मिल्ने साथी हन्। सायद घरपरिवार अनि साथीको यादले होला उनको अनुहार त्यति खुलेको देखिदैन। तर पनि उनी हाँस्न खोज्छिन्।

उनी समय–समयमा मम्मीलाई सोध्ने गर्छिन् ‘मम्मी स्कुल लागेको होला है, जाँच पनि आउँदै होला है? भगवतीले पछि पनि परीक्षा दिन मिल्छ भनेर उनको मन बुझाउने प्रयास गर्छिन्।प्रकृतिसँग कुरा गर्दा उनलाई बेडमा बस्न पटक्कै मन नभएको जस्तो देखिन्छ। बेलाबखत बाहिर पनि हेर्छिन्। चकचक गरिरहिन्छन् उनी। उनलाई पनि बाहिर गएर खेल्न मन हुँदो हो, बा–आमाको हात समाएर घुम्न मन हुँदो हो। तर उनी मन हुँदाहुँदै पनि आफ्नो चित्त बुझाउन बाध्य छिन्।

एकछिनमा प्रकृति आइप्याडमा गेम खेल्नमा व्यस्त हुन थालिन्। दुर्घटनापछि अस्पताल बस्दा उनका सारथी भनेका मम्मी र आइप्याड नै बनेका छन्।
आइप्याडमा के–के हेर्न मनपर्छ प्रकृति? उनले सानो स्वरमा मोटुपत्लु कमेडी सिरियल र गीत हेर्न मज्जा लाग्ने बताइन्। भगवती छेउको मुडामा बस्दै भनिन् बेडमा हुँदा मोबाइल मागेर साह्रै जिद्धी गरेपछि उसको फुपुले आइप्याड ल्याइदिनुभयो। मन भुलाउने उपाय भएको छ।

Loading...
प्रकाशित मिति २३ पुष २०७६, बुधबार १७:००