इराक बाट ७ हजार ७ नेपाली फर्किए ! अन्य देशबाट पनि नेपालीसहित अन्य देशका कामदार फर्काइदै !

काठमाडौँ — इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ। उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जो’खिममा पर्छ। क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् ।इरान र अमेरिकाबीच त’नाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको काम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन्। आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन्।

कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेको छ,अमेरिकी बेस क्याम्पभित्र स्टोर म्यानेजरका रूपमा कार्यरत सुरज तामाङले कान्तिपुरसँग फोनमा भने, आ–आफ्नो लगेज प्याक गरेर राखिसकेका छौं। १२ वर्षदेखि क्याम्पमा कार्य तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारीमा आफूहरू रहेको बताए।‘जतिखेर जे पनि हुन सक्छ भनेर हामीलाई सूचना दिइएको छ, उनले भने, अमेरिकी सेना र हाम्रा लागि अपनाइएको सुरक्षा रणनीति एउटै हो।

उनका अनुसार अमेरिकी बेस क्याम्पभित्र धेरै कम्पनी काम गर्छन्। ती कम्पनीले अत्यावश्यक संख्याका कामदारमात्र राखेर बाँकीलाई सामान्य अवस्था बनेपछि बोलाउने सर्तमा फर्काइरहेका छन्। स्थिति यसरी प्रतिकूल भइदिन्छ जस्तो लागेको थिएन अमेरिकी सेनाको कफी सपमा कार्यरत दोलखाका बद्री खत्रीले भने अहिलेसम्म सुरक्षित छौं यहाँबाट छिटो निस्कन पाए हुन्थ्यो। उनी काम गर्ने कफी सप तीन दिनदेखि बन्द छ। सेनाकै अन्डरमा काम गर्ने भए पनि डर लाग्दो रहेछ उनले भने। यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।

Loading...
प्रकाशित मिति २३ पुष २०७६, बुधबार १७:२५