यु द्धको सम्भा वना बढ्यो, इराकमा कार्यरत ३० नेपाली फकिँदै

काठमाडौं इरान–अमेरिकाबीच यु द्धको स म्भा वना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत नेपालीलाई ३० नेपालीलाई स्वदेश फर्काइएको बग्दादस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ । इरानी सैन्य कमान्डर जनरल कसिम सुलेमानीको अमेरिकाले ड्रोन आ क्र मण गरी ह त्या गरेपछि इरानले त्यसको बदलामा इराकमा रहेका अमेरिकी सैन्य अखाडामा आ क्र मण गरेपछि पर्सियन खाडीमा युद्धको संकेत देखिन थालेको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

असन्तुष्ट पक्षको भेलामा सहभागी हुन आएका कांग्रेसका ४७ जिल्ला सभापतिहरुले आज बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् । सभापति देउवाका पछिल्ला कदमको विरोधमा रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका जिल्ला सभापतिहरुलाई परामर्शका लागि बोलाएका हुन् । सभापतिहरुले देउवालाई केन्द्रीय समितिले बहुमतका आधारमा गरेका निर्णय सच्च्याउन आग्रह गर्ने भएका छन् ।

केन्द्रीय समितिको बहुमतबाट महाधिवेशनको मिति, विभागको विस्तार र क्रियाशील सदस्यता खुला गर्नेगरी विधानको धारा निलम्बन गर्ने निर्णय गरेपछि का‌ंग्रेसमा विवाद चर्किएको हो। यी निर्णयहरुको विरोधमा पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला समूहले बैठकहरु बहिस्कार गर्दै आएका छन्। नेता पौडेलको सभापतित्वमा तीन दिनसम्म पार्टी कार्यालयमा चलेको परामर्श बैठकले देउवालाई निर्णय सच्च्याउन लिखित आग्रह गर्ने निर्णय गरेको हो।

देउवासँग सभापतिहरुलेबिहान १० बजे भेट्ने तय भएको काभ्रेका कांग्रेस सभापति मधु आचार्यले जानकारी दिए। ‘सभापतिहरुको तर्फबट मैले समय मागेको थिएँ। उहाँले बिहीबार बिहान १० बजेको समय दिनु भएको छ आचार्यले भने। सभापतिहरुलाई देउवाले बिहानको लञ्च पनि दिनेछन्। केन्द्रीय कार्यसमितिको बहुमतले पुस ११ गते गरेका निर्णय खारेज, विवाद समाधानका लागि भइरहेको वार्ता र संवादलाई निरन्तरता दिन लिखित आग्रह गर्छौ ।

Loading...
प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार ०३:२६