धनुषामा टिपरले कि/चेर युवकको ह/त्या

धनुषामा टिपरले कि/चेर एक युवकको ह/त्या गरिएको छ। मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई शुक्रबार बिहान साढे चार बजेतिर मर्निङ वाकमा गएका बेला ना ७ ख ६४१३ नम्बरको टिपरले कि/चेको हो। टिपरले चेका महतोको घट/नास्थलमै मृ/त्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले घट/नाको प्रकृति हेर्दा नियोजित ढंगले कि/चेर ह/त्या गरेको देखिएको बताए। घ/टनालगत्तै प्रहरी पुगेर शव टिपरलाई नि/यन्त्रणमा लिएको छ। महतो भारतमा इन्जिनियरिङ पढ्दै थिए। उनको ह/त्यापछि स्थानीयले मिथला नगरपालिकाको श्रीपुरस्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। महतोले स्थानीय खोलामा भइरहेको अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका थिए ।

आज बिहान उत्खनन भइरहेको ठाउँमै महतोको ह/त्या भएको हो। अवैध रूपमा खोलामा भइरहेको उत्खननको विरोध गरेकाले क्रसर सञ्चालकले महतोको ह/त्या गरेको स्थानीयको भनाइ छ। ह/त्याको विरोधमा स्थानीयले सडकमा टायर बा/लेर प्र/दर्शन गरिरहेका छन्। सेताेपाटि बाट

Loading...
प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार ११:२३