संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घा इते

संयुक्त राष्ट्रसंघ, पुस २५ । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घा इते भएका छन् । मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घा इते भएका राष्ट्रसंघका एकजना प्रवक्ताले जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज बिहान आ क्र मण भएको ख बर आएको छ । किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आ क्र मण भएको हो’–प्रवक्ता स्टेफन डुजार्रिकले भने ।

सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले जानकारी दिए । उनले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउनेक्रममा रहेको पनि बताए । रासस/सिन्ह्वा इराकको अलअन्वर क्षेत्रमा रहेको अमेरिकी अल असाद एयरबेस क्याम्पमा मंगलबार राति १० बजेदेखि नै इरानले मि सा इल हा न्दैछ भन्ने ह ल्ला फैलिसकेको थियो । सेनाले तुरुन्तै आप तकालिन घण्टी बजाएपछि झापाका राकेश खत्रीसहित ९ जनाको टोली जमिनमुनीको बंकरमा गएर बसे । आपतकालिन घण्टी बजेपछि उनीहरुलाई तोकिएको बंकरमा गएर बस्नुपर्छ भन्ने बेसक्याम्पले पहिले नै सिकाएको थियो ।

Loading...
प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार १४:१५