२४ वर्षीय दिलीप महतो भोपाल टिपरले कि चेर नि धन

२५ पुस, जनकपुरधाम । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो भोपालमा इन्जिनिरिङ पढ्दै थिए । तर विदामा घर आउँदा राजनीतिक विषयहरुमा चासो राख्थे, नगरपालिकाको काम कारबाहीबारे सोधीखोजी गर्थे । गाउँलाई जोखिममा पारेर नदी तथा खोलाहरुमा अवैध उत्खनन भएकोमा विरोध गर्थे । उनकै अगुवाईमा युवाहरुले आन्दोलन गरेपछि स्थानीय खोलामा अनियन्त्रित उत्खनन रोकिएको थियो ।

नगरपालिकाले मेसिन प्रयोग नगर्ने गरी ४ करोड ५१ लाख रुपैयाँमा नदीजन्य गिट्टी बालुवा उत्खनन गर्न ठेक्का दिएकझ थियो । नगरपालिकाले मेसिन प्रयोग गर्न रोक लगाए पनि क्रसर उद्योगले रातको समयमा खोलामा मेसिन चलाउँथे । मेसिन प्रयोग गरी गिट्टी बालुवा उत्खनन गर्नेमा चुरियामाई बालुवा प्रशोधन उद्योग अगाडि थियो, जसको सञ्चालक विपिन महतो हुन् । केही दिनअघि मात्र विदामा घर आएका दिलीपले चुरियामाई उद्योगको बदमासी थाहा पाए । उनले साथीहरुसँग छलफल गरे, त्यसको विरोध गरे ।

दिलीपका बुवा कृष्णा भनिने रामजीवन महतोका अनुसार विपिनले भने तीन दिन अघि मात्र ‘छोरालाई सम्झाइहाल, कतिखेर (ज्या/न) जान्छ थाहा छैन’ भन्दै ध/म्क्याएका थिए । महतोका अनुसार उनले ५ कठ्ठा जग्गा क्रसर उद्योगी विपिनले भाडामा लिएका थिए । भाडावापतको २५ हजार रुपैयाँ लिन बाँकी थियो । त्यही पैसा लिन जाँदा विपिनले रामजीवनलाई ध/म्की दिएर पठाएका थिए ।

उनले यो कुरा छोरा दिलीपलाई पनि भन्नसमेत भ्याएका थिएनन् । शुक्रबार विहान करिव ४ बजेतिर दिलीपलाई उनका साथी रोशन यादवले बोलाएर लगेका थिए । त्यही विपिनको क्रसर उद्योगमा टिपरले किचेको ‘ह/त्या’ भयो । आफूलाई फोन गरेर घ/टनाबारे जानकारी दिइएको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु यादव भन्छन्, ‘म दौडिएर पुग्दा सबै भागिसकेछन्, रोशनमात्र त्यहाँ थियो ।’ त्यसपछि आफूले प्रहरीलाई खबर गरेको र प्रहरीले मुचुल्कासमेत नगरी शव उठाएको उनले सुनाए ।

चौकीमा आएपछि मैले कसरी घ/टना भयो भनेर रोशनलाई सोधेको थिएँ’ वडाध्यक्ष यादव भन्छन्, ‘उनले बताएअनुसार क्रसरमा लाइटहरु अफ गरिएको थियो रे । उनी पछाडि र दिलीप अगाडि गएका थिए रे ।’ दिलीपलाई टिपरले किचिसकेपछि थाहा पाएको र एम्बुलेन्स बोलाउन आग्रह गर्दा क्रसरका सबै भागेको रोशनले आफूलाई बताएको वडाध्यक्ष यादवको भनाइ छ । घ/टना हेर्दा आफूलाई पनि दिलीपलाई जानीजानी मारेको भन्ने लागेको उनले सुनाए । तर दिलीपका परिवारका सदस्य भने रोशन, वडाध्यक्ष यादव र प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार यादव पनि क्रसर उद्योगी विपिनसँग मिलेको आरोप लगाएका छन् । उनकी बहिनी लक्ष्मीले अनलाइनखबरसँग भन्छिन् ।

Loading...
प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार १५:०७