विदेशको कमाइ बोकेर श्रीमती सम्पर्कविहिन, खोजीदिन श्रीमानको हार गु,हार

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवनकी एक महिला सम्प र्कवि हिन भएपकी छिन् । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी हुन् । एक महिनाअघि देखि सम्पर्कविहिन प्रमिलाको अत्तोपत्तो लागेको छैन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पूर्ण कागजात लिएर सम्पर्कविहीन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए । वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्क विहिन भएपछि खोजीका लागि अहिले घर फर्किएका छन् ।

मंसिर २४ गतेदेखि सम्पर्क विहिन भएकी प्रमिलाको खोजीदिन सन्तोषले सबैसँग हार गु हार गरेका छन् । १ महिना पुग्न लाग्दा पनि नभेटिएपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन समेत दिएका छन् । थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए ।

परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्क वि हिन भएकाले दोस्रो विहे गरेको आशंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकी छोरी पनि रहेका छन् । प्रमिला सम्पर्क विहिन हुनुभन्दा पहिले घरमा एक जना मान्छे घरमा आउने, जाने बस्ने गरेको छोरोले भनेको सन्तोषले बताए ।
विदेशमा कमाएको सबै सम्पत्ती लिएर हिँडेपछि सन्तोष त,नावमा रहेका छन् । सन्तोषले अर्कैसँग बिहे गरेर गएको भए पनि एक पटक सम्पर्कमा आउन प्रमिलालाई आग्रह गरेका छन् । छोराछोरीले आमालाई खोज्दा उनको मन भक्का नीने गरेको दुखेसो पोखे ।

Loading...
प्रकाशित मिति २६ पुष २०७६, शनिबार १८:१०