सडक डिभिजनका प्रमुखलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले

दाङ : सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।उनीमाथि अनियमितता गरेको निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ । घटनास्थलमा जिल्ला जनपरिषद्को नामको व्यानर पनि भेटिएको छ । दाङबाट सरुवा भएर गइसकेका चौधरी आइतबार रमना लिन जिल्लामा आएका थिए । उनी जिल्लामा मुस्किलले ३÷४ महिना प्रमुखको रुपमा काम गरेका थिए ।

यो पनि दोहा : कतारी अमिर शेख तमिम बिन हमाद अल थानी भेटवार्ताका लागि आइतबार इरान जाँदैछन् । इरानी राष्ट्रपति हसन रौहनीसहित अन्य अधिकारीहरुसँग उनले छलफल गर्ने बताइएको छ । अमेरिकी आक्रमणपछि मध्यपूर्वमा तनाव बढिरहँदा शेख तमिम छलफलका लागि इरान गएका हुन् । उनको छलफल मध्यपूर्वी क्षेत्रको पछिल्लो तनावलाई मत्थर पार्ने उपायबारे केन्द्रित हुने बुझिएको छ ।

यसका लागि अमिरले आइतबार बिहानै ओमानको राजधानीका लागि दोहा छोडेका हुन् । ओमानको राजधानी मस्कटमा उनले शनिबार निधन भएका ओमानी सुल्तान कबुब बिन सइद अल सइदलाई श्रद्धाञ्जली दिनेछन् ।

Loading...
प्रकाशित मिति २७ पुष २०७६, आईतवार १६:१८