हिजो राती आफैले चलाएको कार तिनकुनेमा ठो किएर दु र्घटना हुदा गायक निशान भट्टराईको नि धन

काठमाडौं, २९ पुस । कार्यक्रमबाट आफ्नो घर फर्किदै गर्दा सवारी दु र्घटनामा परी गायक निशान भट्टराईको नि धन भएको छ । गम्भीर घाइते भएका गायक भट्टराईलाई उपचारका लागी ट्रमा सेन्टर पुर्याइए पनि उनको मृ त्यु भएको संगीतकार मिलन मोक्तानले साझापेजलाई जानकारी दिए ।

काठमाडौँको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट कार्यक्रम सकेर आफैले कार चलाउदै निवास फर्किने क्रममा तिनकुनेस्थित सडक किनारमा रहेको पोलमा ठो किएर दू र्घटना भएको थियो । गजलमा विशेष दक्खल राख्ने गायक भट्टराई ४० को दशक तिरै उदाएका कलाकार हुन् । भट्टराईको स्थायी घर भने धरान हो ।

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार ०३:३३