दुबइको बुर्ज खलिफामा च’ट्याङ प’र्यो, यसको ७ वर्षदेखि प्रतिक्षा गरिरहेका थिए एक व्यक्ति

काठमाडौं। दुबइमा हालै ठूलो तु’फान आयो । यहाँ ठूलो वर्षा भयो र धेरै ठाउँमा पानी भरियो । तर, यही बीचमा केही यस्तो घ’टना पनि भयो जसको एक व्यक्तिले ७ वर्षदेखि प्रतिक्षा गरिरहेका थिए । यो दृश्य थियो बुर्ज खलिफामा च’ट्याङ परेको । यी फोटोग्राफरले यो अद्भूत दृश्य क्यामेरामा कैद गर्न पूरै रात मरुभूमिमा भइरहेको वर्षाको बीचमा एक क्याम्पमा बिताए ताकि फरफेक्ट शट पाउन सकियोस् ।

प्रतिक्षाको फल मिठो हुन्छ । ती फोटोग्राफरले अन्ततः चाहेजस्तो तस्वीर खिच्न सके । यी फोटोग्राफरको नाम हो जोहेब अंजुम । जोहेबले शुक्रबार राती आएको तुफानमा संसारको सबैभन्दा अग्लो भवनमा परेको चट्याङको तस्वीर खिचे । जोहेब पूरै रात मरुभूमिमा वर्षाको बीचमा एउटा सानो क्याम्पमा थिए । फोटो खिचेपछि जोहेबले यो फोटोले आफ्नो लागि २०२० को राम्रो सुरुवात गरेको बताए ।

उनले भने मेरो लागि त्यो क्षण निकै मूल्यवान थियो जब २७२० फिट अग्लो बुर्ज खलिफाको सबैभन्दा माथिल्लो भागमा च’ट्याङ ठो’क्कियो । जोहेबको यो तस्वीर बुर्ज खलिफा प्रशासन र दुबइका राजकुमार शेख हमदानले पनि आफ्नो ट्वीटर ह्याण्डलमा शेयर गरेका छन् । जोहेबका अनुसार च’ट्याङ बुर्ज खलिफामा ठो’क्किँदा दुबइको पूरै आकाश नीलो रंगको प्रकाशले रंगिएको थियो । दुबइका मिडियाका अनुसार १९९६ पछि दुबइसहित युएइको कुनै पनि भागमा यति वर्षा भएको थिएन ।

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार ११:३५