श्रीमानको मृ’त्यु हुँदा श्रीमतीलाई एक करोड !

झापा / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा विमा गरेका वुद्धशान्ति गाउँपालिका ३ निवासी इन्द्रप्रसाद दंगालको सवारी दु’र्घटनमा मृ’त्यु भएपछि उहाँको परिवारलाई विमा वापतको रकम प्रदान गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा आज आयोजित कार्यक्रमकाबीच विमा बापत एक करोड तीन लाख १५ हजार रुपैयाँ दंगालकी श्रीमती सुस्मिता थपलियालाई प्रदान गरि दंगालको गत कात्तिक ४ गते शिवसताक्षी नगरपालिकाको दुधेमा सवारी दु’र्घटनामा मृ’त्यु भएको थियो ।

दंगालले गत असार ३१ गते ५० लाख रुपैयाँ वरावरको अमृत बर्षा विमा योजना खाता खोल्नु भएको थियो । दंगालले विमा गरेसंगै पहिलो किस्ता वापतको ४ लाख ६६ हजार ९ सय रुपैयाँ कम्पनीलाई बुझाउनुभएको थियो । १६ बर्षको सो विमा अवधि रहेको र मृ’त्युपछि उहाँकी श्रीमती सुस्मिताले मृ’त्यु दावीको कागजपत्र बिमा कम्पनीमा पेश गर्नुभएको थियो ।

उक्त रकम कम्पनीले सम्पूर्ण पक्रिया पु¥याएर मृ’तको परिवारलाई चेक हस्तान्तरण गरेको नेशनल लाइफ इन्स्योरेनस कम्पनी बिर्तामोड शाखा प्रमुख कमल बुढाथोकीले जानकारी दिनुभयो । बिर्तामोड शाखा प्रमुख बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका प्रदेश नं. १ प्रमुख नरेन्द्र राई, मृ’तकका भिनाजु नयनप्रसाद ओली, अभिकर्ता अनन्तराम ओली लगायतले बोल्नु भएको थियो ।

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार १५:३२