साउदीमा श्रीमानले कमाएको पैसा र सुन सहित वे’पत्ता भएको भनिएकी प्रमिला सुनौलीमा एक पुरुषका साथमा यस्तो अवस्थामा फेला परिन् (भिडियो हेर्नुस्)

काठमाडौं । एक महिना देखि श्रीमती सम्पर्क विहिन भएपछि चितवनका सन्तोष सुनार रुँदै मिडियामा श्रीमतीको खोजिका लागि सहयोग माग्न थाले । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गुहारेका थिए । एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिएको अपुष्ट खबर आएको छ । बिगत १ महिना देखि हराईरहेकी चितवन उज्ज्वल नागरकी प्रमिला सुनार भैरहवा सुनौली बाट एक जना पुरुष संगै भेटिएको अपुष्ट खबर आएको हो ।

नयाँ पत्रिकाका चितवन संवाददाता तथा सिनर्जि एफएममा कार्यरत पत्रकार बिबेक पोखरेलले सो कुरा आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । उनले यो विषयलाई भिडियो र अडियोमा प्राथमिकता दिँदै आएका थिए । उनले आफ्नो फेसवुक स्टाटस मार्फत प्रमिला भेटिएको बारे आफुले सूचना पाएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्,प्रमिला सुनौलमा भेटीएको भन्ने जानकारी प्राप्त भयो ।

यो विषयलाई पहिलो पटक मिडियामा उठाउने पनि उनै सञ्चारकर्मी थिए । त्यसपछि अन्य मिडियाले पनि यसलाई प्राथमिकता दिए । उनले सार्वजनिक गरेको भिडियो सिनर्जी एफ एमको पेजमा २० लाख भन्दा धेरैले हेरेका छन। (भिडियोमा हेर्नुस्)

Loading...
प्रकाशित मिति २९ पुष २०७६, मंगलवार १९:२३