नेपाल कम्युनिस्ट पार्टी नेकपाका भिम रावल: धेरै पैसा पाइन्छ भनेर देश वेच्न हुदैन, एमसिसी गलत छ, जनहितको लागी सक्दो सेयर गरी विरोध गरौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य तथा प्रभावशाली नेता भीम रावलले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका कतिपय प्रावधानहरु नेपालको हित विपरित रहेको बताएका छन् । आफू अमेरिकी सहयोग लिन ।

नहुने पक्षमा नरहेको,तर कतिपय विषयमा दुवै देशले स्पष्ट पार्नु पर्ने बताएका छन् । शुक्रबार राजधानीमा भएको एक साक्षात्कार कार्यक्र ममा पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका रावलले भने,मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेको होइन ।

तर सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई पनि ध्यान राख्नु पर्ने धारण राखेका थिए ।यस्तै नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानमा प्रश्न उठाउँदा कतिपयले अल्पज्ञानी भएको भनेर ।

आरोप लगाएको नेता रावलले गुनासो गरेका थिए । उहाँले भने,यस्तो भन्नेहरुलाई म भन्न चाहन्छु(यो सम्झौताको मस्यौदा सुरुदेखि अन्त्य सम्म सबैभन्दा बढी पढ्ने व्यक्ति मै हुँ । पढ्दै नपढी जथाभावी बोल्नु हुँदैन, नेपाली जनतालाई झुक्याउँने काम कसैले गर्नुहुँदैन् ।

अमेरिकी विदेश मन्त्रालयका सहायक उपमन्त्री डेभिड जे. रेन्जले सन् २०१९ को मे १४ मा र सन् २०१९ को फेब्रअरी १० मा एलिस वेल्सले एमसीसी, एसिया प्यासिफिक रणनीतिकै अंग हो भनेर सार्वजनिक रुपमै बोलेका भन्दै उनले यसबारे सरकारले अमेरिकी सरकारसँग जवाफ माग्नुपर्ने माग गरेका छन् ।

Loading...
प्रकाशित मिति १ माघ २०७६, बुधबार ०९:२१