सम्पति सहित पोइला गएकी श्रीमतीलाइ सन्तोषले जब प्रहरी चौकीमा भेटे, पहिलोपटक श्रीमतीसंग आमनेसामने हुँदा जे देखियो (भिडियो)

काठमाडौं । एक महिना देखि श्रीमती सम्पर्क विहिन भएपछि चितवनका सन्तोष सुनार रुँदै मिडियामा श्रीमतीको खोजिका लागि सहयोग माग्न थाले । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गुहारेका थिए । एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिएका छन् ।

बिगत १ महिना देखि हराईरहेकी चितवन उज्ज्वल नागरकी प्रमिला सुनार भैरहवा सुनौलीबाट सुरेस संगै भेटिएकी छन् । नयाँ पत्रिकाका चितवन संवाददाता तथा सिनर्जि एफएममा कार्यरत पत्रकार बिबेक पोखरेलले सो कुरा आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए । उनले यो विषयलाई भिडियो र अडियोमा प्राथमिकता दिँदै आएका थिए । उनले आफ्नो फेसवुक स्टाटस मार्फत प्रमिला भेटिएको बारे आफुले सूचना पाएको जनाएका थिए।

यो विषयलाई पहिलो पटक मिडियामा उठाउने पनि उनै सञ्चारकर्मी थिए । त्यसपछि अन्य मिडियाले पनि यसलाई प्राथमिकता दिए । उनले सार्वजनिक गरेको भिडियो सिनर्जी एफ एमको पेजमा २० लाख भन्दा धेरैले हेरेका छन। वैदेशिक रोजगारीमा साउदीमा काम गर्दै आएका पति सन्तोष सुनारको कमाएको पैसा र अन्य कागज सहित दुई बच्चालाई छोडेर प्रमिला गत मंगसिर २४ बाट हराएकी थिइन् ।

श्रीमती हराएको भन्ने खबर सुनेर बिदेशबाट ईमरजेन्सी भिजामा आएका श्रीमान बिगतका केहि दिनदेखि रुँदै श्रीमतीको खोजीमा लागेका थिए भने उनले सबै मिडियालाई सहयोगको लागि अपिल गरेका थिए। उनको छिट्टै केहि दिनमा विदेश फर्कन पर्ने बाध्यता रहेको पनि उनले बताएका थिए ।

अहिले सन्तोस की श्रीमती प्रमिलालाई प्रहरीले पक्राउ गरि चौकीमा राखेको खबर पाएपछि सन्तोष आफ्नी हराएकी श्रीमतीलाई भेट्न छोराछोरी लिएर प्रहरी चौकीमा पुगेका थिए । प्रहरी चौकीमा पुगेका श्रीमानले श्रीमतीलाई देख्दा चकित परे कारण प्रमिलालाई कुनै पछुतो नभएको देख्न पाए भन्दै उनले मिडियामा बताएका छन् ।

छोराछोरी लिएर म पुगेको थिए साएद म बाट गल्ति भयो भन्छिन् कि भनेको उनमा त कुनै पछुतो न दु:ख थियो यो दृश्य देखेर आफु निराश भएको बताएका छन् । उनले मैले एकोहोरो माया गरेको रहेछु पहिले थाहा पाइन् बल्ल थाहा पाए अब म खुसि छु विदेशबाट फोन पनि आयो मेरो भिषा पनि थपियो भन्दै उनले खुसि व्यक्त गरेका छन् ।

Loading...
प्रकाशित मिति १ माघ २०७६, बुधबार १९:०३