फाँ’सीको दिन आउनुअघि नै निर्भया का’ण्डका दोषीले गरे आ’त्मह’त्याको प्रयास

नयाँ दिल्ली। कडा सुरक्षा र सिसिटिभी क्यामेराको निगरानी हुँदाहुँदै पनि निर्भयाका दो’षी विनय शर्माले तिहाड जेलमा झु’ण्डिएर आ’त्मह’त्या गर्ने प्रयास गरेका छन् । जेल सूत्र र विनयका वकिल एपी सिंहको दावीको ह’वाला दिँदै दैनिक भास्करले लेखेअनुसार यो घटना बुधबार बिहानको हो । सुरक्षाकर्मीले समय छँदै उनलाई बचाएका छन् । जेल महानिर्देशक सन्दिप गोयलले भने यस्तो कुनै पनि घ’टना भएको अ’स्वीकार गरेका छन् ।

सूत्रका अनुसार विनयलाई जेलको मेडिकल इन्स्पेक्सन रुममा २४ घण्टा डाक्टरको निगरानीमा राखिएको छ । जेल सूत्रका अनुसार घ’टनापछि बिहीबार विनयसहित जेल नम्बर २ मा रहेका अक्षय, पवन र मुकेशलाई जेल नम्बर ३ को फाँ’सीघर नजिकै उच्च सुरक्षासहितको सेलमा सारिएको छ । यो आदेश ९ जनवरीको थियो तर अहिलेसम्म लागू भएको थिएन । सूत्रका अनुसार दोषीहरु फाँ’सी टार्नको लागि आफूमाथि पुलिस केस लगाउने कोसिसमा छन् । भारतीइ कानुनअनुसार आ’त्मह’त्याको प्रयास अपराध हो र यसमा उनीहरुमाथि केस लागे यो केसको फैसला नआउँदासम्म फाँसी दिन मिल्दैन । यो घ’टनालाई पुलिसले यो कोणबाट पनि अनुन्धान गरिरहेको छ ।

विनय जेल नम्बर ४ को एक कोठामा एक्लै थिए । उनको कोठा र शौचालयको बीचमा केवल १ पर्दा छ । शौचालयमा फलामको सानो हुक छ । बुधबार बिहान ९ देखि १० बजेको बीचमा उनले कपडाको फन्दा बनाएर त्यही हुकमा फसाए र घाँटीमा बाँ’धेर झु’ण्डिए । फन्दा ५–६ फिटको उचाइमा भएका कारण उनी झु’ण्डिएर म’र्न सकेनन् । यही क्रममा कुनै कैदीले सुरक्षाकर्मीलाई सूचना दिएपछि उनलाई बचाइयो ।

पटियाला हाउस कोर्टले फाँ’सीको मिति अगाडि सार्ने र दोषीको दया याचिकाका विषयमा जेल प्रशासनसँग शुक्रबारसम्म रिपोर्ट मागेको छ । मुकेशको दया याचिका र अन्यसँग बाँकी कानुनी बाटोहरुलाई हेर्दै तिहाड जेल प्रशासनले दिल्लीसरकारलाई एक पत्र लेखेर फाँ’सीको मिति अगाडि सार्न भनेको छ । एलजीले मुकेशको दया याचिका खारेज गर्न सिफारिस गरेका छन् । यो सिफारिस राष्ट्रपतिलाई पठाइनेछ ।

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार ०३:२२