कोरिया गएका नेपाली युवाहरुले किन गर्छन् एक महिनामा नै लाखौँ कमाई हुँदा आ*त्महत्या ? के सोचेजस्तो छैन कोरिया ?

काठमाडौ ,माघ ३- रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृ’त्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आ’त्मह’त्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घ’टनामा परी ज्या’न गुमाए ।

साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृ’त फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

तनहुँका रानाको भने कम्पनीमा छिगेछा ९गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी० मर्मत गर्ने क्रममा दु’र्घटनामा परी मृ’त्यु भएको संँगै कार्यरत नेपालीले बताए । अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए । ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले द्ुवै शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १६:०४