यसरी रातो बाकसमा फर्किए पल्टन गएको लाहुरे, श्रीमति र परिवारको यस्तो बिचल्ली (भिडियो)

काठमाण्डाै । नेपाली मौलिक लोक गीतका लागि बिगत डेड दशक देखि लागि परेका युवा पुस्ताका ढुकढुकी हेमन्त रसाईलीको अर्को बहुप्रतिक्षित लोक गीत ‘लाहुरे’बजारमा आएको छ।

हेमन्त रसाईलीको संगीत र सपना रसाईलीको शब्द रहेको उक्त गीतमा हेमन्तले एउटा कारुणिक कहानी प्रस्तुत गर्नु भएको छ। गीतमा हेमन्त रसाईली र टिकटकमा भाइरल दुर्गा सापकोटाको अभिनय रहेको छ।बालापन देखि टिकटकमा उनको धेरै गीतहरु चर्चामा छन।

भाग्यमानी हुदै आज लाहुरे सम्म आउदा उनकै चर्चा छ।रमेश रसाईलीको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायांकन भने बिबेक बिकको रहेको छ।हेमन्तले आफ्नै युटुब मार्फत यो गीत बजारमा ल्याएका छन।

गीतलाई सपना रसाइलीले शव्द सिर्जना गरेकी हुन भने हेमन्त आफैले गीतको लय संयोजन गरेका छन् । रमेश भिके रसाइलीले गीतलाई कलात्मक निर्देशन गरेका छन् भने दुर्गा सापकोटा,खेम घर्ती लगाएतका कलाकार हरुको अभिनय रहेको छ । गीतको पूर्ण सफलताको कामना सहित सो गीतको पुरै भिडियो तपाईहरुको लागी ।

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १६:४४