विमानस्थलमा गायिका आस्था राउतले के गरिन् ? बाहिरियाे यस्ताे भिडियाे

काठमाडौँ / गायिका आस्था राउतले बिहीवार फेसबूक लाइभमार्फत प्रहरीलाई निकै तुच्छ शब्द प्रयोग गर्दै गा’ली गरिन् । यतिसम्म कि तल्लो तहका अर्थात् प्रहरी जवानलाई त अनेक भनिन् । उनले प्रहरीलाई ‘डन्ठे, पिपा र प्युसा’ त बारम्बार भनिरहिन् । प्रहरीलाई गा’ली गर्नुको कारण उनले फेसबूकमार्फत भनेकी थिइन् – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा महिला प्रहरीले दु’र्व्यवहार गर्‍यो । तँ भन्यो ।

तर पछि आस्थाले सामाजिक सञ्जालमार्फत माफी मागेपनि प्रहरीले आवश्यक छानविन गरी आवश्यक कारवाही गर्ने जनाएको छ । आस्था बुधवार सिक्किम जाने क्रममा एयरपोर्टमा महिला प्रहरी र आस्था राउतबीच ल’फडा भएको थियो । त्यसको भोलिपल्ट हिजो अर्थात् बिहीवार उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई गा’ली गरेकी थिइन् ।

उनले केही सञ्चारमाध्यममा आफूलाई महिला प्रहरीले न्याकेको समेत दाबी गरेकी छन् । तर उनको दाबी गलत ठहरिएको छ । बाहिरिएकाे सीसीटीभी फूटेजमा उनलाई न्याकेको देखिँदैन । बरू उल्टै औंला ठड्याउँदै गएको देखिन्छ ।

Loading...
प्रकाशित मिति ३ माघ २०७६, शुक्रबार १७:२०