डिउटी निर्वाह गरेकी महिला प्रहरी जवानको पक्षमा उभिए आइजिपी र डिआइजी

गायिका आस्था राउतले आफुलाई अत्यन्त सुप्रसिद्ध ठानेर आफुलाई विमानस्थलमा समेत सुरक्षा जाँच नगर्नु पर्ने ठान्दै एउटा महिला प्रहरी जवानलाई हेपेर व्यवहार गरेको विषय कुनै हिसाबले उचित थिँदै थिएन । झन भिडिओ रेकर्ड गरेर प्रहरीला गाली गरेर उनले थप गल्ती गरेकोमा दुइमत भएन।

यो घटनामा सुरुमै प्रहरीले कसैको अनुहार हेरेर व्यवहार गर्दैन , विमानस्थल सुरक्षाको दौरानमा चेकजाँच गर्दा सबैलाई एकै हिसाबको व्यवहार हुने हुनाले चेकजाँचको दौरान अभद्र व्यवहार भएको भए त्यसो गर्नेलाई कारवाही हुन्छ भनेर महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेलले प्रष्ट पारिदिएका थिए ।

त्यसो गरेर उनले प्रहरी कर्मचारीले ठीक ढंगले ड्युटी गर्दा कसैसँग डराउनु नपर्ने सन्देश दिए ।यसै घटनालाई प्रहरी प्रधान कार्यालयले पनि तत्काल आवश्यक छानविन र कारवाहीको निर्देशन दिएर कानुनभन्दा माथि कोही नभएको सन्देश दियो । अहिले यसै घटनालार्इ लिएर सिसिटिभी फुटेजदेखि रोइकराई भिडिओहरु सार्वजनिक भइरहेका छन् ।

सबैलाइ हेर्दा लाग्छ, आफ्नो उत्तेजक अभिव्यक्ति र ठूलो पल्टिने बानीले गर्दा गायिका राउतले कानुनी कारवाही भोग्नु पर्नेछ ।

Loading...
प्रकाशित मिति ४ माघ २०७६, शनिबार ०५:२८