आस्था राउत बारे बोले राजेश पायल राई: रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ,प्रहरी र आस्था दुवै जना सुध्रिन सुझाव

काठमाडौँ । गायिका ले आफूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले दु’व्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत लाइभ गर्दै गा’लि ग’लौज गरेपछि त्यसबिषयले अहिले ठुलो रुप लिएको छ। उनको बोल्ने भाषा शैलीलाई लिएर दर्शकहरुले आफ्नो-आफ्नो प्रतिक्रियाहरु दिएका छन् । त्यस्तै चर्चित मेघा स्टार राजेश पायल राई पनि यस बिषयमा टिक्का टिप्पणी गरेका छन् । राईले विमानस्थलमा चेकजाच गर्ने प्रहरीको अधिकार हो । चेकिङ्गमा कफी,पानी,मात्र नभई पैसा बोके पर्स पनि लान नपाइने कुरा बताएका छन् । भने चेकिङ्ग गर्ने महिला प्रहरी कर्मचारी र आस्था दुवै जनालाई राम्रो व्यवहार गर्न सुझाव समेत दिएका छन् ।

राइले शनिबार विहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस राख्दै यस्तो बताएका हुन् । शुरुमा उनले भारतीय सुपरस्टार शाहरुख खानलाई समेत मज्जाले चेकजाच गरेको थियो भन्दै स्टाटस शुरु गरेका छन् ।

घ’टना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घ’टना भएको थियो । भिडियो भा’इरल भएपछि दुवै जनाको च’र्को आ’लोचना समेत भयो ।  दुई थरिका व्यातिहरुले दुई कोण बाट यसलाई मुल्यांकन गरेको पाइन्छ ।  एक थरिकाले आस्था राउतको बोल्ने भाषा शैली प्रति आ’पत्ति जनाएका छन् भने अर्को तर्फ ड्युटीमा खटिएकी महिला प्रहरीको व्यवहार प्रति प्रश्न उठाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सु’रक्षा जाँचका बेला भएको सबै गतिविधिको सिसीटिभी फुटेज शुक्रबार सार्वजनिक भएको थियो । भने शुक्रबार नै गायिका आस्था राउतले पुन: फेसबुक लाइभ मार्फत अ’पशब्द बोलेको प्रति मा’फी पनि मा’गी सकेकी छन् । तर, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सिसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दु’व्र्य’वहार गरेको नदेखिने बताउनु भएको छ । घ’टनाको अनुसन्धान भइरहेको जानकारी दिनुभएको थियो ।

Loading...
प्रकाशित मिति ४ माघ २०७६, शनिबार ०६:३६