दम्भ देखाएको पनि छैन, डराएको पनि छैन : गायिका आस्था राउत

काठमाडौँ । प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बताएकी छन् ।

शुक्रबार फेसबुक लाइभमा आउँदै गायिका राउतले महिला प्रहरीले दुर्व्यवहार गरेपछि आफ्नो मनोबल घटेको र मन दुखेको बताइन् । उनले भनिन्, ‘कुनै दम्भ पनि देखाएको छैन, डराएको पनि छैन् ।

राम्रो काम गरेर हिँडेको मान्छेले कहिले दम्भ नदेखाउने बताउँदै गायिका राउतले भनिन्,‘अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ । फ्यानहरुलाई आग्रह मेरो लागि पनि बोलिदिनुस् ।

भिडियो गर्नेबेला आफूले संयमितता अपनाउनुपर्थ्यो । तर, उजुरी त गर्थें गर्थें,’ गायिका राउतले भनेकी छन्, ‘मैले संयमित भएर बोल्न सकिन । त्यसको लागि माफी चाहन्छु ।

कसैको पनि मनोबल गिराउने उद्देश्य नरहेको गायिका राउतले दावी गरेकी छन् ।‘राम्रो कामको तपाईहरुले माया दिएको भए मैले पनि माया दिन्थे,राउतले फेसबुक लाइभमार्फत भनेकी छन् ।

Loading...
प्रकाशित मिति ४ माघ २०७६, शनिबार ११:१३