हिमपहिरोमा पुरिएका सुर्खेतका गोर्खा सैनिकको वनारसमा अ न्त्य ष्टि

काठमाडौं । भारतको जम्मु–कस्मिरस्थित एउटा हिमपहिरोमा परी नि धन भएका सुर्खेतका गोर्खा सैनिक लक्ष्मण बिसीको अ न्त्ये ष्टि गरिएको छ। बिसीसहित पाँच भारतीय सैनिकको गत पुस २९ गते जम्मु–कस्मिरको तंगधार सेक्टरमा हिम पहिरोमा पुरिएर निधन भएको थियो। भारतीय सेनाका जवान बिसीको आइतवार बनारसमा पूर्ण सैनिक सम्मानसहित हरिश्चन्द्र घाटमा अन्तिम संस्कार गरिएको हो।

कर्णाली प्रदेशको सुर्खेतका बीसी २/९ गोर्खा रेजिमेन्टका टोलीसहित तंगधार सेक्टरमा ड्युटीमा खटिएका थिए। पुस २९ गते पहिरोमा परेर नि धन भए पनि उनीहरुको शव दुई दिनपछि निकालिएको थियो। अ न्त्य ष्टिका लागि बीसीकी आमा र परिवारका अन्य सदस्य बनारस पुगेका थिए। भारतीय सेनामा भर्ना भएर निधन हुने व्यक्तिको शव नेपाल ल्याउन नपाइने भएकाले वनारसमै अ न्त्य ष्टि गरिएको हो । गत वर्ष मात्रै विवाह गरेका २२ वर्षीय लक्ष्मणकी दुई महिनाकी छोरीसमेत छिन् ।

Loading...
प्रकाशित मिति ६ माघ २०७६, सोमबार १८:१०