रक्सीको न शामा सवारी चलाउँदा सातको मृ त्यु

धादिङ । नीलकण्ठ नगरपालिका ८ ससाह ज्यामिरेमा मंगलबार साँझ भएको सवारी दु र्घटनामा सात जनाको मृ त्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डलीको दर्शन गरेर फर्किदैं गरेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक सडकमा पल्टेर दु र्घटना भएको हो ।

दुर्घटनापछि तीनको घटनास्थलमै र चार जनाको जिल्ला अस्पतालमा ल्याउँदैं गर्दा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । सबै मानिस हल्ला गरेर कराइरहेको बेला अत्यधिक गतिमा कुदिरहेको उक्त गाडी पिच सडकमा प ल्टेको सोही गाडीमा सवार कमल गुरुङले बताए ।

मण्डलीमा पाठी काटेर भोग दिने चलनअनुसार भोग चढाएपछि गाउँबासी मिलेर पाठीको मासु र रक्सी खाएका थिए । रक्सीको सुरमा गाडी चलाएर दु र्घटना भएको घाइतेहरुले ताएका छन् । नेपाल समाचारपत्रमा समाचार छ ।

Loading...
प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०१:४०