अकालमै ८ जना भारतीय पर्यटकले मकवानपुरमा गु माए ज्या न

मकवानपुर / भारतको केरलाबाट नेपाल घुम्न आएका ८ जना पर्यटकले मंगलबार मकवानपुरमा ज्या न गुमाए। मकवानपुरको दामनस्थित होटल एभरेष्ट पानोरमामा उनीहरुले अकालमा ज्या न गुमाएका हुन्। चिसो मौसममा होटलको कोठाका झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेका उनीहरुको अक्सिजन अभावमा ज्या न गएको हो। अ चेत अवस्थामा होटलमा फेला परेका उनीहरुलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएपछि चिकित्सकहरुले सबैलाई मृ त घोषित गरिदिए। भारतबाट नेपाल भ्रमणमा आएका दुई परिवारका ८ सदस्यको अस्पतालमा ल्याउनुअघि नै मृ त्यु भइसकेको जानकारी ह्याम्सका इमरजेन्सी विभाग प्रमुख डा। कमल थापाले बताए।

बिरामी भएको भन्‍ने खबर पाउनासाथ उहाँहरुलाई ल्याएका हौँ’, उनले भने, ‘अस्पतालको हेलिप्याडमा ल्याएर जाँच गर्दा ८ जनाकै मृ त्यु भइसकेको रहेछ।’ प्रहरीका अनुसार उनीहरुले होटेलमा ग्यासबाट चल्ने हिटर बालेर सुतेका थिए। बिहान ७ बजे कोठामा गएर हेर्दा उनीहरुको मृ त्यु भइसकेको थियो। चिसो ठाउँमा उनीहरुले हिटर आफैंले ल्याएका थिए। मदिरा पिएपछि हिटर बालेर सुतेकाले उनीहरुको मृ त्यु भएको आशंका प्रहरीले गरेको छ।

दामन चिसो स्थानमा भएकाले भारतीय ती पर्यटक हिटर बालेर सुतेका थिए। सोमबार बेलुका करिब ९ बजेको समयमा १५ जनाको भारतीय टोली दामनस्थित उक्त होटलमा पुगेका थियो। उनीहरुले होटलमा ४ वटा रुम लिएका थिए। तर, पारिवारिक भ्रमण भएको भन्दै उनीहरु दुईवटा रुममा सुतेका रहेछन्, धेरै चिसो नभए पनि उनीहरुले हिटर बालेर सुतेका रहेछन्, महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले भने, उनीहरुको त्यही कारणले मृ त्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Loading...
प्रकाशित मिति ८ माघ २०७६, बुधबार ०३:३६