समुद्रबाट माछा उफ्रेर घाँटीमा छिरेपछि..

जाकार्ता । माछा उफ्रेर घाँटीमा टाँसिएपछि इन्डोनेसियामा एक युवक गम्भीर घाइते भएका छन् । युवकलाई बचाउँन शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् । दक्षिण पूर्व सुलावेसी प्रान्तस्थित समुद्रमा माछा मा र्ने क्रममा मुहम्मद इदुल नामका १६ वर्षीय युवकको घाँटीमा निडल फिस अर्थात सुई माछा समुद्रबाट उफ्रिएर टाँसिएको हो । युवक बुबाआमासँग माछा मा रिरहेका थिए ।

युवकको घाँटीमा माछा टाँसिएपछि घाँटीबाट माछा हटाउन जोखिमपूर्ण शल्यक्रिया गर्नु अस्पताल लगिएको डेलिमेलले जनाएको छ । २ घण्टाको शल्यक्रियापछि चिकित्सकहरू उनको घाँटीबाट माछा निकाल्न सफल भएका छन् । सामाजिक सञ्जालमा भाइरल बनेका तस्बिरहरूमा माछाले मुहम्मदको घाँटीमा दाहिने भागबाट छेडेको देखाइएको छ ।

Loading...
प्रकाशित मिति ८ माघ २०७६, बुधबार १३:२८