सात दिनभित्रमा तपाईंले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला

अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ । शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

आखिर के हो त शिवलिंग ?

शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न भिन्न भाषामा अलग अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भरलिंग, अग्नी स्तम्भ लिंग, उर्जा स्तम्भ लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो । किन शिब लिंग को पूजा गरीन्छ रु शिव शंभु आदि र अंत का देवता हुन वहाको न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । आदि अंत नभएको कारण लिंग लाइ शिव का निराकार रूप मानीएको हो तेसैले शिवको साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप को पूजा गरीयको हो ।

केवल शिव लाइनै निराकार लिंग को रूप मा पूजा गरीन्छ । लिंग रूप मा समस्त ब्रह्मांड को पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहा लाइ समस्त जगत को मालीक मानीदै आएको छ । यसकारण शिव मूर्ति र लिंग दुबै रूप मा पूजा गरीन्छ ।

‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ का अर्थ – ‘सृजन’ पनी हो । वेद मा उल्लेख भएअनुशार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर को लागी हो यो सूक्ष्म शरीर १७ तत्वों ले बनेको हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु। वायु पुराण को अनुसार प्रलयकालमा समस्त सृष्टि जहा लीन हुन्छ र पुनस् सृष्टिकाल मा जहाबाट प्रकट हुन्छ तेसैलाइ लिंग भनीन्छ । यस प्रकार विश्व को संपूर्ण ऊर्जा नै लिंग को प्रतीक हो ।

पौराणिक कथा अनुसार जब समुद्र मंथन को समय सम्पुर्ण देवताहरू अमृत को आकांक्षी थीए तर मंथनबाटसारा संसार को समाप्त गर्न सक्ने कालकुट विष आयो र उक्त विष लाइ भगवान शिव ले सहजता पुर्बक आफ्नो कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयो र संन्सार लाइ त बचाउनु भयो तर समुद्र मंथन को समय निक्लीयको उक्त विष ग्रहण गरेको कारण भगवान शिव को शरीरमा दाह बढ्यो र त्यो दाहलाइ सान्त गर्नको लागी शिवलिंग मा जल चढ़ाएउने परंपरा प्रारंभ भएको हो र यो आज सम्म पनी चली रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्यमा रुचि बड्ने छ । परिस्थितिको बन्धनमा परिने समय छ, काम गर्दा समस्या आउन सक्छन्, सचेत रहनुहोस,पढाईमा सोचे जत्तिकै उन्नति खासै पाइने छैन ,प्रेममा खटपट हुने र पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफुले सोचे अनुरुप काम बन्ने छ । शत्रु ले सताउन सक्छ्न । शत्रु हरु बड्ने छ्न् । आफन्त बाट पनि राम्रै सल्हा सहयोग मिल्ने छ । प्रतिस्पर्धीहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछन्, राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ, कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ। यो महिनाको लागि समय राम्रो रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, नोकारीमा उन्नती प्रगती बड्ने छ ।स्थानान्तरण हुने, विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ, उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, सचेत रहनुहोस। सन्तान पक्ष बाट खासै राम्रो छैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिदेशी क्षेत्र का लागी काम बन्ने छ ,बोली को प्रभाब पर्नेछ,कार्यहरु बन्ने छ्न, अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा नै उचित रहने छ । झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला। शत्रुहरुले सताउन सक्लान होसियार भएर काम गर्नुहोला भने गाउँ समाजले अत्याधिक माने छ्न ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरीमा स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला, आयभन्दा व्यय बढी, लेनदेनमा विवादको सामना गर्नुपर्ला, झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला, अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्ने छ, भने खर्च अधिक हुने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आम्दामी राम्रो हुनेछ, जुनसुकै काममा फाइदैफाइदा हुनेछ खाइपाइमा ध्यान दिनुहोला, स्वास्थ्य समन्धी समस्या आउन सक्छ, व्यापारमा संकट आउने, ब्रह्म मुहूर्तमा भगवानको स्मरण गर्नुहोला ।बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला, घरेलु समस्याले सताउने,मित्र र आफन्त हरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) केही अनियन्त्रित खर्च पनि हुनेछ, चोटपटक लाग्ने र सानातिना समस्याले सताउने समय छ, धार्मिक कार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल बनाउने छ, कार्यस्थलको स्वरूप अनुरूप पहिरनमा ध्यान दिनुहोला, पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहुनेछ ,गोपनीयतामा ध्यान दिनुहोला। आफ्नु काम मा शत्रु बड्ने छ्न् ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु) पडाइ मा रुचि बड्ने छ । जोश र जाँगर बढ्नाले आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला, यात्रामा अवरोध हुनेछ, पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास गुम्ने सम्भावना छ। आर्थिक लाभ मिल्ने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सन्तान बाट खासै सोचेअनुरुप लाभ सुख आशा मिल्ने छैन । राज्यबाट सम्मान हुनेछ, योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ,लामो यात्रा राम्रो छ भने छोटो दुरिको यात्रामा समस्या आउने छ ,जीवनसाथीसँग खासै राम्रो हुदैन परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विवाद मत्थर हुनेछ,अरु विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन् मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको धन, इज्जत, विश्वास फर्कने वातावरण पनि मिल्नेछ,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला, कर्म सिद्धिको समय छ, परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शारीरिक अस्तब्यस्त भइनेछ । पैतृक सम्पत्ति उपयोग गरी थप फाइदा उठाउन सकिने छ । नयाँ काम का लागि थप बाटाहरू खुल्नेछन्, शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ, ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ,सचेत रहनुहोला, व्यापारमा अवरोध आउने छ, मित्र हरुले सताउने सक्ने छ्न् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सवारी साधन बाट चोट पट्क लागन सक्छ ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ, नोकारीमा समस्या आउनेछ, राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला । समस्याहरु जटिल भन्दा जटिल आउने छ्न् । होस बिचार पुर्याएर कार्य मा अगाडि बड्नु होला ।

Facebook Comments

Loading...
प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १४:५८