सडकमा फेरि गयो ज्या न, टिपरको ठ क्करबाट २३ वर्षिय युवकको मृ त्यु

काभ्रेमा टिप्परको ठ क्करबाट एक युवकको ज्या न गएको छ । काभ्रेको पाँचखालबाट धुलिखेल आउँदै गरेको बा८५प ६०२६ नंको मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठको आज दु र्घटनामा मृ त्यु भएको हो । सोही दिशाबाट आइरहेको बा४ख ११४५ नंको टिपरले अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५, ३७ किलो भन्ने स्थानमा ठ क्कर दिँदा गम्भीर घाइते श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

दुर्घटनामा टाउको र कम्मरका गम्भीर चोट लागी घाइते मोटरसाइकलमा सवार रामेछापको सालु देउराली गाउँपालिका–२ का २८ वर्षीय समर मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...
प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०३:३४