सूर्य भगवानको पूजा गर्दा यो मन्त्र  जप्नुहोस हुन्छ धेरै फलिफाप

आइतबार सूर्य भगवानको पूजा अर्चना गरिन्छ । ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहने गर्दछ ।धर्मशास्त्रमा उल्लेख गरिए अनुसार आइतबारको दिनमा सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन नर्गदा राम्रो हुन्छ । यो दिन र मासु रक्सी जस्ता भोजन खानु हुँदैन ।आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्नुलाई पनि राम्रो मानिदैन भने यो दिन सहवास गर्नुलाई पनि पाप मानिन्छ ।

आइतबार तामा सखर रातो चन्दन सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक हुन्छ ।यो दिन ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिँदा पुण्य कमाइन्छ । धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ । सूर्य देवको उपासना गर्दा पवित्र जल अर्पण गर्नुपर्दछ ।

यसरी उपासना गर्दा सूर्य देव प्रसन्न भई आयु आरोग्य धनधान्य पुत्र मित्र तेज यश विद्या वैभव र सौभाग्यका दिने गर्दछन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ ।सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ । सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनु पर्दछ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ

Loading...
प्रकाशित मिति १२ माघ २०७६, आईतवार ०८:००