नेपालमा पनि को रोना भा इरस छि र्यो, स तर्क रहन आग्रह, यस्ता छन् बच्ने उपाय (जतिसक्दो शेयर गरौँ)

चीनमा कोरोना भा इरसका कारण मृ त्यु हुनेको संख्या ५६ पुगेको छ भन १ हजार ९ सय ७५ मा यसको सं क्रमण फैलिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । आइतबार बिहानको रिपोर्ट अनुसार अघिल्लो २४ घन्टामा १५ जना नयाँ मृ तकहरु फेला परेका हुन् भने ६८८ मा यसको सं क्रमण देखिएको छ।

के हो नोवल कोरोना, कसरी बच्‍ने ? गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको सं क्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ। न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ।

कोरोना प्रकोप हालै मात्र क्यानडामा समेत ५० वर्षीय एक मानिसमा पहिलोपटक यसको संक्रमण देखिएको क्यानडा सरकारले बताएको छ। हालै मात्र चीनको वुहानदेखि ग्वानझाऊ हुँदै टोरन्टो फर्किएका ती मानिसमा कोरोना भाइरसको संक्रमण फेला परेको हो।

शनिबार चिनियाँ राष्ट्रपति सी चिङफिङले त्यहाँको सरकारी टेलिभिजन सीसीटिभीसँग कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताएका थिए। चिनियाँ नयाँ वर्षको छेकोमा आयोजित कम्युनिस्ट पार्टीको सभामा कोरोना रोकथामका लागि तत्कालै सरकारी पहलबारे प्रकाश पारेका थिए।

को रोना प्र कोपका कारण चीनमा हुँदै गरेका पछिल्ला सार्वजनिक सभा, सभारोह र उत्सवहरु बन्द गरिएको छ भने सहर, बजार, रेल्वे स्टेसन र विमानस्थलमा उच्च सतर्कता अपनाउँदै सुरक्षा बल खटाइएको छ।

Loading...
प्रकाशित मिति १२ माघ २०७६, आईतवार १७:४१