प्रहरी हि रासतमा रहेकी आस्था राउत ब्लु क्रस अस्पतालको ४३२ नम्बर बेडमा !

प्रहरी हिरासतमा रहेकी आस्था राउत ब्लु क्रस अस्पतालको ४३२ नम्बर बेडमा पुगेकी छिन । उनको स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा पुर्याइएको भनिएको छ । उनलाई किन अस्पताल भर्ना गरिएको भन्ने बारे केही खुलाइएको भने छैन। चारदिन थुनमा राख्ने अनुमति पाएर हिरासतमा राखिएकी आस्थाले आफु हिरासतमा नबस्ने भने पछि अस्पताल लगिएको श्रोतले बताएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । जिल्ला प्रशासन कार्यालयले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । ४ दिन थुनामा राखि प्रहरीले अब अभद्र व्यवहारको कसूर सम्बन्धी मुद्दामा छानबिन गर्ने छ ।

Loading...
प्रकाशित मिति १३ माघ २०७६, सोमबार १७:४१