खुसीको खबर सेनाले सैनिकका टुहुरा बालबालिकालाई १ देखि १२ सम्म निशुल्क पढाउने, काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल संचालन गर्ने

काठमाडौं। नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क पढाउने भएको छ । कक्षा १ देखि १२ सम्म निःशुल्य अध्ययन गराउने कार्यक्रम अघि बढेको प्रधान सेनापति पूर्णचन्द्र थापाले बताए । शिक्षाको पहुँचबाट बञ्चित नहुन भनेर आगामी शैक्षिक शत्रबाट नै लागु हुनेगरी हिताधिकारी मध्ये श्रीमान् तथा श्रीमती दुबैको मृत्यु भइ टुहुरा भएका बालबालिकाहरुका लगि उक्त अवशर प्रदान गरिने थापाले बताए ।

प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रमती संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमुलक कार्यक्रम प्रितनातहसम्म यही वर्षबाट विस्तार गरिएको बताए। नेपाली सेनाले सैनिक दिवसका अवसरमा काठमाडौं उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ।

बजारमूल्य भन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ।नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ।भूतपूर्व सैनिक श्रीमती, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ।

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार ०३:००