सोम दुबईमा काम गर्दागर्दै घरको छतबाट खसे, घरमा पत्नि र छोरीको बेहाल (भिडियो)

काठमाडौं, माघ १५ । हर कोही सपना हुन्छ बिहान बेलुकाको २ छाक मिठो खाने र एकसरो कपडा राम्रो लगाउने । तर समय र परिस्थिती प्रतिकुल बनिँदिँदा मानिस परिस्थितिको दास बन्न बाध्य हुन्छ । हिजोसम्म ठिकठाक रहेको जिन्दगी कतिबेला ओरालो लाग्छ कसैलाई थाहै हुँदैन ।

दागंको बबरपुरका सोमराज ओलीको परिवार पनि अहिले एकाएक ठूलो समस्याबाट गुज्रिएको छ । २ वर्ष अघि कामको शिलशिलामा दुबई गएका ३५ वर्षका सोमको निर्माणधिन भवनबाट लडेर निधन भएको छ । दागंको बबरपुरका उनको दुबईमा काम गर्ने क्रममा भवनबाट खसेर गम्भिर घाइते भएपछि अस्पताल भर्ना गरेको २ दिनपछि निधन भएको खबर जब दागंमा रहेका घर परिवारले पत्तो पाए उनीहरु अहिले घरी होसमा त घरी बेहोस अवस्थामा छन् ।

सोमकी श्रीमती घाँस काट्ने क्रममा रुखबाट खसेर आधा नचल्ने अवस्थामा विगत १३ महिनादेखि विस्तारामा छिन् । उनको उपचारमा १५ लाख भन्दा बढी रकम खर्च भएपछि पत्निको उपचारका लागी थप रकम जुटाउन दुबई गएका सोमको निधनले अहिले दागंको बबरपुर नै शोकमा डुबेको छ ।

पत्निको उपचारका लागी दुबई गएका सोमको निधनपछि छोरी शुभेच्छा बेला बेलामा होशमा आउँछिन् त धेरै समय बेहोस छिन् । घरको आर्थिक अवस्था दयनीय भएका कारण उनीहरु अहिले सहयोगको प्रतिक्षामा छन् । जुन सहयोगले पति सोमको श*व नेपाल ल्याउन सहज ुहनेछ । हेर्नुहोस् भिडियो

Loading...
प्रकाशित मिति १५ माघ २०७६, बुधबार १७:२७